शनिबार, साउन १२, २०८१

नयाँ टिभीमा रबि लामिछानेसंगै राजेश हमाल, रमेश प्रसाई, दिपकराजको एकै साथ इन्ट्री (भिडियो सहित)

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ galaxy G4k टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

‘न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए ।

रबि लामिछाने एक सच्चा पत्रकार भएको हुनाले पनि उनि सबैको मनमुटुमा बस्न सफल भएका छन।  केहि कारणबस सिधा कुरा जनता संग को कार्यक्रम उनले छोड्नु परेको थियो। अहिले भने आफुलेनै 4k Telivision सुभारम्भ  गरेका छन। यस टेलिभिजन मार्फत  राजेश हमालको को बन्छ करोडपति पनि प्रसारण  हुने भएको छ।

यस 4k  Television  ma दीपकराज गिरीको CRIME PATROL नेपाल र रमेश प्रसाईको लाल मोहर पनि प्रसारण हुने भएको छ

भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७