शनिबार, साउन १२, २०८१

ज्ञानेन्द्र शाहीको टिमले प्रविन बास्तोलालाई न्याय दिलाउने ,न्यायका लागी हामी जे पनि गर्न सक्छौ

मोरङको उर्लाबारीमा शंकास्पद रुपमा मृत्यु भएका एक व्यक्तिको मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको पाइएको छ। गत पुस ५ गते मृ,त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृतकका परिवार आन्दोलित बनेका छन्। आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रद,र्शन र नारा,बाजी गरिरहेका छन्।

मृ,तकका आफन्त तथा छिमेकीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडी प्रदर्शन र नारा,बाजी गरिरहेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घट,नामा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका छन् ।

मृतककी बहिनी सदीक्षाका अनुसार मिसिलमा मृतक दाजुको भनेर तीन वटा फोटो राखिएको थियो, जसमध्ये एउटा फोटो अर्कै व्यक्तिको थियो । मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

सदीक्षाले आफूले फोटो किन बेग्लै राख्नुभयो भन्दा प्रहरीले हतार हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बताइन् । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको बताइन् । घटना अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद रहेको आफन्तले बताएका छन् ।

भिडियो हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७