बिहिबार, जेष्ठ ११, २०८०

चर्चित गायिका अञ्जु पन्तले गरिन थीर कोइरालासँग दोस्रो विवाह

चर्चित गायिका अञ्जु पन्तले दोस्रो पटक विवाह गरेकी छन्।प्रेमी थीर कोइरालासँग अञ्जुले ललितपुरको पाटनस्थित एक चर्चमा आज विहे गरेकी हुन।दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन्।

विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ। दशक अगाडि अञ्जुको गायक मनोजराज सँग डिभोर्स भएको थियो। उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन्।करिब ४ बर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन।अञ्जु पन्त नेपाली गायन क्षेत्रमा चर्चित नाम हो । उनले न बिर्सें तिमीलाई, म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी लगायतका सयौं चर्चित गीत गाएकी छन्।

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७