शुक्रबार, चैत्र १६, २०८०

समिक्षाअधिकारी र अलिफ खानको पहिलो वनैमा मनैमा “बनचरी” गीत सार्बजनिक

अहिले को समयमा चर्चित बाल गायिका भनेर चिनिने समिक्षा अधिकारी र मुस्लिम परिवारमा जन्मेर पनि धर्मले नाच गान गर्न हुदैन  भने पनि आफ्नो प्रतिभा देखाउनु पर्छ भनि संगीतमा आएका अलिफ खानको आवाजमा रहेको बनैमा मनैमा” बनचरि ”  गीत सार्बजनिक भएको छ। समिक्षा अधिकारीको स्वर धेरै ले मनपराउने भएकाले पनि उनले अहिले सम्म धेरै गीतहरु गाएर सबैको मन मुटुमा बस्न सफल भएकी छिन। भने अलिफ खान पनि पछिल्लो समयमा धेरै नै चर्चीत  भएका छन। अहिले अलिफले दर्जनौ गीतहरु गाइसकेका छन।

The Divine Musicयुटुब च्यानलबाट रिलिज भएको बनैमा मनैमा ” बनचरी “गीतमा समिक्षा अधिकारीको पनी आवाज रहेको छ।  उक्त गीतमा यादब लम्साल को शब्द र अर्जुन पोख्रेल को संगीत  रहेको छ। यस म्युजिक भिडियोमा कलाकारहरु अजय श्रीस ,चाहना बस्याल ,रञ्‍जित पौडेल ,समिक्षा पोख्रेल को अभिनय रहेको छ। यस गीतलाई अहिले सम्म १ लाख  भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् भने १० हजार भन्दा बढीले मन पराएका छन।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७