शुक्रबार, चैत्र १६, २०८०

सुन्दरी माता रोजना खड्काकोअभिनय,रचना र सम्राटको आवाजमा रहेको “सम्झिनी पानि छम्किनी” गीत सार्बजनिक

दाङकि सुन्दरी माता भनेर चिनिएकी रोजना खड्काको अभिनय रहेको पहिलो म्युजिक भिडियो  सार्बजनिक भएको छ। डान्सर बन्ने चाहाना हुदाहुदै पनि उनमा माता चढेपछि उनको इच्क्षा रोकिएको थियो। माता रोजना राम्री भएको कारण एक पटक भिडियो खेल्ने अवसर दिनुपर्छ भनि गायक सम्राट चौलागाइले एक अवसर दिएका हुन।

पछिल्लो समयमा धेरैनै चर्चित गायिका भनेर चिनिएकी रचना रिमालको आवाजमा रहेको गीत “सम्झिने पानि छम्किने ” सार्बजनिक भएको छ। Samrat Chaulagain युटुब च्यानल मार्फत रिलिज भएको   “सम्झिने पानि छम्किने ” गीतमा सम्राट  चौलागाइको समेत आवाज रहेको छ।  सम्राट  चौलागाइको प्रस्तुतिमा रहेको “सम्झिने पानि छम्किने ” गीतको शब्द र संगीत पनि सम्राट  चौलागाइकोनै रहेको छ।

यो म्युजिक भिडियोमा कलाकारहरु जिबेस गुरुङ , प्रकाश चन्द ,रोजना खड्का ,गुरास ढकाल ,प्रकाश ढकाल ,जेभिन ,जेबिस ,आयुसी ढकाल र सम्ब्रिधिका रहेका छन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७