शुक्रबार, बैशाख ७, २०८१

२४ बर्षे शान्ति बिहे गरेको १२ घण्टा नबित्दै यस्तो अवस्थामा भेटिइन

बर्दिया बासगडी कि २४ बर्षीय शान्ति बुढा क्षेत्रि  बिबाह गरेको १२ घण्टा नहुदै  मृत अवस्थामा भेटिएकी छिन। ५ महिनाको प्रेम सम्बन्धलाई शान्ति र सन्तोषले बिबाहमा परिणत गरेका थिए। शान्तिले बिबाह गर्ने  बेला आफ्नी दिदि लाई भनेर गरेकी हुन। शान्ति र सन्तोष दिदि संगको भेटमा बिबाह को कुरा गर्दा दिदीले यदि दुवैजनाले एकअर्कालाई मन पराउछौ र एक अर्का बिना बाच्न सक्दैनौ भने घरमा आमा बुबा हुनुहुन्छ , एक पटक आमा बुबा संग सल्लाह गरेर बिबाह गर भनेर दिदीले भनेकी थिइन।

दिदीको कुरा सुने पछि केटा  होइन हामी आजै बिहे गर्ने हो मैले घरमा सबै संग कुरा गरेर आएको छु ,आज हाम्रो पार्टी  पनि छ भनेका थिए। दिदि भने भोली बिहे गर्ने घरमा माग्न आउनुहोस  भन्दा  मानेनन।माग्न नआउने  भए आफ्नो आफ्नो बाटो लाग्दा हुन्छ भन्दा शान्ति र सन्तोष आफ्नो आफ्नो बाटो लागेका थिए। पछि उनीहरु दुवै जनाले बिहे गरेछन , सन्तोषको घरमा जेठी श्रीमती र छोरा-छोरि रहेछन। बिहे गरेको १२ घण्टा नहुदै बहिनिको मृत्युको खबर दिदि सामु पुग्यो। दिदि बहिनि शान्ति सामु पुग्दा बहिनिलाई झुण्डिएको अवस्थामा ट्याइलेट मा देखीन। बहिनीको अवस्था हेर्दा आफै झुन्डेको जस्तो थिएन अरु कसैले झुन्ड्याईएको  जस्तो थियो। मेरी बहिनि भन्दा सानो ट्याइलेट मा एउटा हात बाहिर शरीर भित्र ,खुट्टा  चप्पल ,ढोका खुल्लै राखेर कसैले आत्महत्या गर्छ  भनेकी छिन।

मेरो बहिनि मार्नुमा सन्तोष को हात छ किन भने  घरमा अर्को बुढी रहेछ ,छोरा रहेछ त्यसैको कारण दुइजनाको झगडा भयो , मेरो बहिनीले मलाई किन यसरि झुक्याएको म अहिले सम्म दाया बाया नगरी बसेकी केटि हु भन्दा सन्तोषले अब त मेरी होस मैले जे भन्छु त्यही गर्नुपर्छ तैले भनि हानाहान हुदा मेरी बहिनिलाई मारेर झुन्ड्याईएको हो , भनि सन्तोषलाई आरोपित भनेका छन , र ह त्यारा लाई कारबाही गर्नु  पर्छ भनेका छन।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७