बिहिबार, बैशाख ६, २०८१

गायक दुर्गेश थापा र सम्राट चौलागाईंले बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका परिवारलाई गरे राहत वितरण

गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन् । बाँकेको नरैनापुरमा भएको आगलागी घटना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन् ।

फेसबुकमा खाद्यान सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आगलागी घटना सुनेपछि हामी केही नगरी बस्न सकेनौं । आज नै हामीले आगलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ । छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस् । सेवा नै धर्म हो ।’

दुर्गेशले अछामको कार्यक्रममा पाएको पारिश्रमिकले नरेनापुरका मानिसलाई सहयोग पुर्याएका हुन् । उनले भने, ‘सेवा नै धर्म हो भन्ने मान्यता राख्छु । नरैनापुरको घटना सुनेपछि अछामको कार्यक्रममा मिलेको पारिश्रमिकले त्यहाँको बासीहरूलाई खाद्यन्य सामग्री लिएँ ।’

टोलीले वडा सदस्यको नेतृत्वमा २६ घर धुरीलाई चामल, दाल, नुन, तेल लगायत सामग्री वितरण गरेको हो । सो गाउँमा मधेसी समुदाय बढी भएका कारण संवाद गर्न गार्ह्रो परेको समेत बताउँदै दुर्गेशले भने, यसमा वडा अध्यक्षले सहयोग गर्नुभयो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७