शनिबार, मंसिर १०, २०७९

घर नभएर बुवाको किरिया मन्दिरमा गरेकी रितु बोहोरालाई आयो यति धेरै सहयोग

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ ।

१२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे नि’धन भैसकेपछि घर नभएकाे अवस्थामा छोरिले अरुको घरमा क्रिया गर्नु हुदैन भनेर सबै को सल्लाह अनुसार मन्दिर मा किरिया बसेकी छिन। ऋतुका दाजु भाई नभएको हुनाले आफुले नै बुबाको दागबत्ति दिएको बताउछिन।

घरको आधार भनेको बुबा हो आमाको कुनै पेषा छैन अब मैले कसरि पढ्ने , कसरि मेरो भबिस्य बनाउने बुबाको लास जलाउने दाउरा समेत नभएर गाउभरी मागेर जलाईयो। हामीले खाने कुरा पनि केहि छैन , हामीसंग पैसा पनि छैन। हाम्रो सम्पति केहि छैन खानको लागि गाउका दिदि बहिनिहरुले ल्याईदिए पछि खान्छौ  भन्दै भक्कानिएर रोईन ऋतु। ऋतुको रोदन देखेर पत्रकार भोजराज थापाले केहि रकम सहयोग गर्नु भएको छ भने सहयोगी मनहरु प्रति सहयोग को अपेक्षा पनि गर्नु भएको छ।

सहयोगको अपेक्षा गरे अनुसार ऋतु बोहोरालाई अहिले सहयोग आएको छ। न त घर छ न त खाने कुरा छ। बुबाको मृत्युपछि बल्लतल्ल काजकिरिया सकेर अहिले चोखिएर बसेका छन्। बुबाको मृत्युपछि कक्षा टप गर्ने ऋतुलाई अहिले पढ्न पनि धौ हुने अवस्था आएको छ। आफु बिरामी भएको हुनाले पनि औसधि खाने पैसा समेत छैन। ऋतुको यस्तो अवस्था देखेपछि सहयोगी मन भएका ब्यक्तितोहरुले सहयोग गरेको हुनाले भोजराज थापाले यस परिवारको लागि खाद्यान्न लगेर सहयोग गरेका छन्। सहयोगी मन भएका व्यक्तिहरुको नाम साइप्रस बस्ने अन्सु शाहले पठाएको सहयोगले खाद्यान्न , हस्त बहादुर के सी ५३९९ , सल्यान देखि ५००० ,काठमाडौँ बस्ने अनिल भुषाल ११११ ,राजु महर्जन स्वम्भु १०००० सहयोग आएको छ। बाकि जानकारीको लागि यो भिडियो हेर्नुहोस।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७