शनिबार, साउन १२, २०८१

१२ वर्षकै उमेरमा यस्तो , घर नहुँदा रितु बोहोरा मन्दिरमै बसिन् कि’रिया

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्रजापात भयाे ।पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ ।

१२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे नि’धन भैसकेपछि घर नभएकाे अवस्थामा अब याे परिवारमा ठुलाे समस्या परेकाे छिमेकी सुवर्ण याेगीले बताए । उनलाइ सहयाेग गर्न चाहानेले श्रीमती साेभा बाेहराकाे एभरेष्ट बैंक लिमिटेडमा रहेकाे खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयाेग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७