शनिबार, साउन १२, २०८१

मेयरले बनाए आफु चड्ने गाडी एम्बुलेन्स, बिरामीको घर घरमा पुग्दै, अस्पताल लग्दै

कोभिड १९ का बिरामीहरुको चाप अत्याधिक बढदै गएपछि तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सकोरुपमा प्रयोग गर्ने भएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जांदा सं’क्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो । नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौं ” नगरप्रमुख बासुदेव घिमिरेले भने “नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाईरहंदा उहांहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन, ।” उनले थपे ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

घिमिरेले लु १ झ ३६० नं. र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नं. को स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यि दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्बसाधारणको उपचारका लागि प्रयोग हुने छन । गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भईरहेको र विहिबार देखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईने प्रमुख घिमिरेले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरि अक्सिजन सहितको आईसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याईसकेको छ । दैनिक एक सयदेखि २ सय सम्म संक्रमित थपिदै गईरहेको तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित छन्।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७