शनिबार, साउन १२, २०८१

जादुमय स्वर सुनाएर राता रात भाईरल भएका सुन्दर मगर

पछिल्लो समयमा सामाजिक संजाल टिकटक मार्फत चिनिएका सल्यानका सुन्दर मगर पहिलो पटक मिडियामा आएका छन्। सामान्य परिवारमा जन्मेका सुन्दरले आफ्नो प्रतिभा बाहिर ल्याउन सकेका थिएनन। पुर्खेउली घर पहाडमा भएको हुनाले उनि पढाईको शिलशिलामा नेपालजंग बस्ने गर्थे। बुबाआमाले छोरा छोरिको लागि धेरै दु’ख गरेर आफ्ना सन्तान लाई जसोतसो पढाएका थिए। सुन्दर घरको जेठो छोरा भएको हुनाले पनि केहि जिम्बेबारीहरु उनि माथि आउदै गरे। बुबाआमाको पनि उमेर जादै गर्यो।

सुन्दरले भने अब मैले पनि केहि गर्नु पर्छ भनि ८००० हजारको तलबमा एक पोल्ट्री फर्म मा काम गर्न थाले। त्यहि काम बाट आएको पैसाले सुन्दर कोठा भाडा ,आफ्नो पढाई खर्च गर्न लागे। बर्षले २१ भएका सुन्दरको आफ्नो गीत गाउने कला बाहेक उनि पढाईमा पनि त्यतिकै ट्यालेन्ट छन्। २१ बर्ष कै उमेर मा सुन्दरले बि बि यस तेस्रो बर्ष पढ्दै छन्।

यति धेरै पढ्ने मान्छे ८००० हजारको तलबले नपुगे पछि उनि आफै नै केहि गर्छु र धेरै पैसा कमाई बुबा आमालाई सुख दिने ,भाई बहिनि पढाउने र आफु पनि राम्रो संग पढ्ने निर्णय गरे पछि आफु बस्ने ठाउ नजिक एक नास्ता पसल खोले। उनको नास्ता पसल राम्रो चलिरहेको थियो ,त्यसै क्रममा बिश्वमा दोस्रो पटकको म’हामारी कोरोना भाइरस फैलियो।

धेरै मानिसहरुको मृ’त्यु भएको हुनाले देश नै लकडाउन को अवस्था आयो। देश लकडाउन भएपछि उनको नास्ता पसल पनि बन्द भयो। अब उनलाई आफु बाच्ने आधार नै हराएको महासुज भयो। अब आफ्नो कुनै पेसा नभएपछि उनले आफ्नो प्रतिभा सबै सामु देखाउने भनि आफ्नो आवाजलाई टिकटक मार्फत देखाउन थाले। टिकटक खोलेको २ हप्ता मै उनले ४० हजार फलोर्स बनाउन सफल भए। सुन्दरले नेपालि ,हिन्दि ,अंग्रेजी सबै किसिम का गीतहरु गाउने भएको हुनाले सबै मानिसहरु उनि प्रति आकर्षित हुन् थाले।

सुन्दरको स्वर मै जादु भरिएको छ , उनलाई कुनै प्रकारका गीतहरु गाउँ गार्हो पर्दैन। टिकटक मार्फत दिएको सल्लाह ,सुझाब र राम्रा राम्रा प्रतिक्रिया हरुले उनलाई अझै धेरै टिकटक बनाउ मन लाग्थ्यो। सुन्दर भन्छन मलाई देश बन्द भएको हुनाले एक कुराले फाइदा भयो। अब यस बाट पनि मेरो भाग्य बन्छ बन्दैन अब थाहा हुन्छ भनि मिडिया सामु भनेका छन्। मिडिया सामु आएर सुन्दरले धेरै राम्रा राम्रा गीतहरु गाएका छन्। हेर्नुहोस अब सुन्दरको यो प्रतिभालाई।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७