शुक्रबार, चैत्र १६, २०८०

सांसद गंगा थारु एकाएक सडकमा, गरिबहरु म’र्दैछन् भन्दै सडकमा उत्रिएर खाना खुवाउदै गंगा

आज १२औँ दिन, नेपाल युट्युब पत्रकार संघको तर्फ़द्वारा सञ्चालित नि.शुल्क खाना खुवाउने अभियानको आज १२औँ दिन, जेष्ठ ८ गते । १२औँ दिन सम्म आइपुग्दा प्रत्यक्ष अप्रत्यक्ष हामीसँग जोडिएर सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक नमन: 🙏🏻 आज २२० भन्दा धेरै जना व्यक्तिहरुलाई हामीले सडकबाटै निशुल्क खाना वितरण गर्यौँ । आज पनि धेरै मनकारी व्यक्तिहरुले सहयोग गर्नु भयो ।

सहयोग गर्नेहरुमा माननीय सांसद गंगा थारु चौधरी र सांसद तुल्सी थापा ज्यूले आफ्नो तर्फबाट दुई दिनको लागि खाना खुवाउने व्यबस्था गर्नु भएको छ र आज स्वयंम उपस्थित भई आफ्नै हातले खाना वितरण पनि गर्नु भयो। त्यसैगरी आजै हामीलाई चिज राम गुरुङ्ग ज्यूले खाद्यान्न खरीदका लागि भन्दै युकेबाट १५ हजार सहयोग गर्नु भएको छ त्यसैगरी आवश्यक खाद्यान्न किन्नु भनि हामीलाई सहयोग गर्नेहरुमा सन्ध्या पौडेल ज्यूले ५ हजार।

रबिन्द्र गुरुङ्ग, लक्ष्मी श्रेष्ठ र गंगा राय ज्यूले ५ हजार सहयोग गर्नु भएको छ। साथै हामीलाई सिटौला गाई फार्मबाट स्वास्थ्य सामग्रीका लागि २ हजार सहयोग आएको छ। अन्य सहयोगी व्यक्तिहरुको नाम क्रमश भोली पोस्ट गरिनेछ। आज यस अभियानलाई सहयोग गर्नुहुने माथीका यि सम्पुर्ण सहयोगी ब्यक्तीहरू प्रति हार्दिक नमन : 🙏🏻 तथा धन्यवाद ।

त्यसैगरी दिनहुँ खान खुवाउने कार्यमा खटिने मेरा प्यारा साथीहरु तथा सबै युट्युब पत्रकार साथीहरु प्रति एक मुष्टरुपमा धन्यवाद 🙏🏻 सुरूवादी चरण देखिनै हामीलाई साथ दिने ईजराईल निवासी जेनि पाख्रिन म्यामलाई बिषेश धन्यवाद । नेपाल युट्युब पत्रकार संघलाई यस कार्यमा सहयोग गर्न चाहानु हुन्छ भने आबश्य खाद्य तथा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सक्नु हुनेछ । खाना खुवाउने स्थान : माछा पोखरी, गंगा फिल्म हल अगाडी । सम्पर्क नम्बर : 9861533199 (सिमरन कार्की)

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७