शुक्रबार, चैत्र १६, २०८०

थारु परिकारको मज्जा,होटेल भन्दा आधा सस्तो, खुल्यो होमस्टे दाङमा

आज पाैस २० गते देउखुरी लमहि न पा ७
बनघुर्सि गाउँमा थारू हाेमस्टे सञ्चालनमा
थारू परिकार र संस्कृतिमा रम्न चाहानुहुन्छ भने एकपटक
अवस्य भ्रमण गरि स्वदेशी पर्यटन र संस्कृतिकाे जगेर्ना गर्नुहाेला ।।

लमही-७ बनघुस्रीमा सामुदायिक हाेमस्टेकाे माननीय सांसद रेवतीरमण शर्मा द्वारा उद्घाटन

माननीय सांसद रेवतीरमण शर्माले पर्यटन क्षेत्र समृद्धिको आधार भएको बताउनु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा सामुदायिक हाेमस्टेकाे उद्घाटन गर्दै शर्माले भाषा, कला, संस्कृती, सम्पदामा नेपाल धनी भएको र विश्वका पर्यटकहरु नेपालमा यही कला संस्कृती हेर्न आउने भएकाले लोपहुन थालेका कला संस्कृतीको संरक्षण गर्नुपर्ने बताउनु भयाे ।

‘पर्यटन बर्षको अवसरमा होमस्टे उद्घाटन हुनु आफैमा राम्रो बिषय हो । पर्यटकहरुलाई यहाँको कला संस्कृतीले आईराख्ने बातावरण बनाउनुपर्छ’उहाँले भन्नुभयाे–‘हामी कला संस्कृती, सम्पदामा धनी छौं । पर्यटकहरु पैसा तिरेर भएपनि हाम्रो संस्कृती अवलोकन गर्न आउछन् ।’

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्नेगरी कार्यक्रमहरु ब्नाउन आग्रह गर्नु भयाे। होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले पर्यटकहरुलाई थारु संस्कृतीको अवलोकनका साथै कला, संस्कृतीको संरक्षण गर्न नगरपालिकाको सहयोगमा होमस्टे स्थापना गरिएको जानकारी दिनुभयाे ।

होमस्टे उद्घाटन कार्यक्रमलाई पूर्व सभासद योगेन्द्र चौधरी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका लमही नगर सह–ईञ्चार्ज नारायण डिसी छम्पाली, नेपाली कांग्रेसका क्षेत्रिय सभापती भेषराज पाण्डे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, लमही नगरविकास समितिका निवर्तमान अध्यक्ष घनश्याम सुवेदी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियाे ।

वडा नं. ७ का अध्यक्ष मोहन गिरीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले गर्नु भएको थियाे ।

थारु समुदायको परम्परागत संस्कृती र खानपान संस्कारलाई संरक्षण गर्ने उद्देश्यले सामुदायीक होमस्टे निर्माण गरिएको हो । नेपाल भ्रमण बर्षको अवसरमा लमही नगरपालिका भित्र आउने पर्यटकलाई आकर्षीत गर्न नगरपालिकाको सहयोगमा होमस्टे सञ्चालनमा ल्याइएको हो । अव वनघुस्री गाउँमा थारु समुदायको बिशेष खाना ढिक्री, खरीया, माछा, घोंगीको स्वाद चाख्न सकिने छ । साथै थारु समुदायको वड्का, झुम्रा नाच अवलोकन गर्न पाईने छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७