शनिबार, साउन १२, २०८१

दाइजो भने जति नभए कै कारण बिहे भएको २७ दिनमै मृ’त फेला परिन बिष्णु

पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।

बिनिताको परिवारले लकडाउनको समयमा झमझम पानि परेको बेला १०/१५ लाख खर्च गरेर बिबाह गरिदिए अझ त्यो परिवारलाई सानो भएछ। मेरी छोरिलाई दिनरात दाइजो भएन भनि या’तना दिदा रहेछन्। धुमधामले बिहे गरेपछि सम्धीनि संग सम्धीमेलो गर्ने बेलामा दिएको औठी समेत नक्कली दिएको रहेछन भनि बिनिता कि आमाले भनेका छन्। इ’ज्यत नभएकाहरुले गर्दा आज मेरी छोरिले सं’सार छोड्नु पर्यो भनि आमाले भनेकी छिन्।

हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ’त्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति ख’र्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिएको सि’क्री सानो भयो भनेर छोरीले गु’नासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् । अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दु’लन फर्काउन आ’उन नपाउँदै छोरीले आ’त्मह’त्या गरेपछि माईतिपक्षले न्या’य मागिरहेको छन् ।

बेहुलाकी आमाल विवाह कै दिन देखि दा’इँजोका बिषयमा क”चकच सुरु गरेकी थिइन् । घर परिवारका सबै आफन्त महिलाहरुलाई औठीदेखि छड्के तिलहरी सम्मका गहना दिइएकै हो ,जेठानी दिदीहरुसम्मलाई गहना दा’ईजो नदिएको भन्दै फानेमा समेत आफूसँग क’राइए’को थियो । यो कुरा मैले पोखरास्थित माइजुलाई (बेहुली बिष्णुकी आमा ) पनि भनेकी हुँ । उहाँले हुन्छ १५ लाख त विवाहमा खर्च गरें भने अझै ५ लाख खर्च गर्छु , उनीहरुको दाजु भाइकाको कसको छोरी बुहारीलाई गहना दिनुपर्ने हो, लिष्ट मागेर पठाउनु हामी किनेर दिउँला भन्नु भएको थियो।

उनका अनुसार बेहुली बिष्णुले पनि घरमा दा’इ’जोको क”च’क”च हुने गरेको सुनाउने गरेको गौतमको भनाई छ । उनका अनुसार बिष्णुलाई बिवाह गरेर लगेदेखि बेहुलाले खासै व”स्ता गर्दैन्थे । बोल्दै न’बोल्ने खाली मोवाइल खेलाउँदै ब’स्ने गर्दथे । बेहुली बिष्णुलाई माइतीजनसँग ला’उ’डस्पि’क’र ओपन नगराई बोल्न नदिने गरेको उनकी साथी अर्चना गौतमले बताइन् । फोन गर्याे भने विस्तारै सासैसासले बोल्ने गर्थिन् ।

उनको मोबाइल जति बेला पनि न’ववे’हुला प्रदिपकै हातमा हुने गरेको बिष्णुले बताउने गरेको गौतमले बताइन् ।घरमा उनी माथी एकदम द”म”न हुने गरेको उनको बुझाई छ । उनी विवाह पश्चात् पोखरास्थित माइती घरमा धु’र्पा’ई’लो फर्काउन पनि जान पाइनन । रुपन्देही मै रहेकी सानीमाको घरमा धु’र्पा’ई’लो फर्काउन गएको माइतीजन बताउँछन । जेठ १४ गते त्यस्तै बिहान १० बजेदेखि साढे १० बजेको बीचमा पोखरास्थित आफ्नी दिदी पवित्रा अर्याले वराल संग भिडियो कल गरिन र बहिनी बिष्णुले दिदीसँग निकै खुशी प्रकट गरिन् ।

दराजको कपडाहरु देखाउँदै मम्मीले जस्तै कसरी मिलाएर राखौं दिदी भनेर भनिन् । खै त ज्वाँई भनेर सोध्दा यहि हुनुहुन्छ भनिन् । त्यस दिन भिडियो कलमा उनको मुहारमा निकै खुशी र मुस्कान थियो ’– दिदी पवित्राले भनिन–‘ बहिनीमा खुशी देख्दा हामीहरु पनि खुशी भयौं ।’ त्यसरी खुशी प्रकट गर्दै दिदी र अन्य आफन्तसंग पनि फोनमा कुरा गरेकी बिष्णुको जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा निकै अ’प्रि’य र अ’क”ल्पनि’य दुःखद खबर आयो घरबाट माइती पक्षलाई ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७