मङ्लबार, चैत्र ६, २०८०

झुन्डिएको ठाउँ देखाउदै श्रीमानले खोले मुख- “बिष्णु रातिमा चिच्याउथी/डराउथी, मागे दाइजो फिर्ता गर्छु

बिष्णु बराल को घटना घटे लगत्तै उनका श्रीमान प्रदीप भट्टराई मिडियामा आएका छन्। उनले आफ्नी श्रीमती बिष्णु लाई धेरै माया गरेको केयर गरेको कुरा मिडिया सामु बताएका छन्। बिष्णु संगको १ बर्षसम्मको प्रेम सम्बन्धपछि उनीहरुको बिहे भएको थियो। प्रदीपले माइती पक्षले भनेका कुरालाई इन्कार गरेका छन्। उनले माइती पक्षले भनेका सबैकुराहरु झुट हुन् भनि साबित गर्न खोजेका छन्। मैले दाइजो यो ल्याउनु पर्छ त्यो पर्छ भनि मैले केहि तोकेको थिएन उसले आफै आफ्नो खुसिले ल्याएकी हो। मैले सुन थोरै धेरै केहि कुरा गरेको छैन उसले यो सबै झुट बोलेको हो भनेका छन्।

मैले मेरो श्रीमतीलाई धेरै माया गर्थ्य उसको खुट्टा दुख्यो भन्थी मैले मालिस गरिदिन्थे ,पानि परेको बेला मा पनि चाउचाउ खान्छु भन्थी मैले ल्याइदिन्थे। बिहे गरेको २/३ दिन त मान्छे लजाउछ खाना खादैन उसले भने २७ दिन सम्म नि राम्रो संग खाना खाएन। मैले किन नखाएको खाना भन्दा म यस्तै हो धेरै खादैन भन्थी। धेरै चिसो खान मन गर्ने ,चाउचाउ खान मन गर्ने गर्थी तर पनि मैले केहि भनेन। उसले जे खाएपनि म त्यसैमा खुसि थिए।

मैले मेरो श्रीमतीलाई धेरै माया गर्थ्य उसले जे भनेको छ मैले सबै ल्याइदिन्थे मैले उसको माइतीलाई अब म नै हजुरको छोरा हो पनि भनेको थिए। त्यो घ’टना घट्ने दिन म ग्याम खेल्दै थिए मैले बिष्णुलाई धेरै पटक बोलाउदा नबोले पछि उ आफै रूममा जादा त्यो अवस्थामा देख्दा मेरो होस् नै उड्यो। त्यसपछि मैले आमा बुबालाई बोलाए बुबाले सल निकाली पानि खान दिनुभयो उसले पानि पनि खाएकी हो। बिष्णु रातभरि चि’च्याउने र कराउने गर्थी मैले उसलाई समाएर उ निदाएपछि मात्र म सुत्ने गर्थे। प्रदीपका अनुसार अब उसको माइतीले दिएको दाइजो सुन सबै मागेपछि म दिन तयार छु पनि भनेका छन्।

बिष्णुको बिबाह गराईदिने लमीको रुपमा काम गरेकी दिदि मिडियामा आएकी छिन्। बिष्णुको श्रीमान प्रदिप उक्त दिदिको आफन्ती भएको हुनाले बिहेको कुरा निस्केपछि मेरो बहिनि पनि छ भनि दिदीले भनेपछि बिष्णुलाई हेरेपछि सबैले मन पराएका थिए। सबैले मन पराएको हुनाले उनीहरुको बिहे गर्नु निर्णय भयो। त्यो बर्ष बिहे रोकिएपछि अर्को बर्ष उनीहरुको बिहे भयो। एक बर्षसम्म बिष्णु र प्रदिप प्रेममा बसेका थिए। त्यही बिचमा विष्णुले प्रदिप संग कुरा गरेको उसको बानि ब्यबहार ,घर परिवार सबैको बानि ब्यबहार सबै भनेको थिइन्।

प्रदिपले उनलाई वास्ता नगरेको र घरपरिवारले र प्रदिपको दिदिले उनलाई धेरै नै ललाईफकाई गरेर उनलाई बिबाह गर्ने बनाएका हुन् भनि दिदीले भनेकी छिन्। जब बिहे गर्ने फिक्स भयो तब मेरो अगाडी दाइजो केहि चाहिदैन भने का थिए भने बिष्णु संग सबै दाइजो भनेका थिए। दाइजोमा पनि प्रदिपले वासिन मेसिन ,टि भी ,कुकर सबै लिएर आउ तिमीलाई सजिलो हुन्छ भनेका थिए। उनीहरु सबैले भनेका दाइजो ल्याएकी थिइन्।

सबैलाई दिने सामानहरु दिईएको थियो भने सासुले मेरो छोरालाई अन्डरवय ,नंगकट ,टाबेल सबै चाहिन्छ मैले मेरो ज्वाइलाई सबै दिएको थिए भनेपछि बिष्णु ले दिदीलाई सबै कुरा भनेकी थिइन्। दिदीले हाम्रो तिर त्यस्तो दिने चलन छैन भनेकी थिइन्। म संग हुदा केहि चाहिदैन भन्ने बिष्णुको आमा लाई एक्क्लै देखेर सबै मागेका हुन् र अहिले मेरो बहिनिलाई पनि उनीहरुले नै मारेका हुन् भनेकी छिन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७