बुधबार, मंसिर ७, २०७९

धनुषा मर्निङ वाक गएका महतोको टिपरले किचेर ‘हत्या

धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको हो। टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए। घटनालगत्तै प्रहरी पुगेर शव टिपरलाई नियन्त्रणमा लिएको छ। महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए।

महतोले स्थानीय खोलामा भइरहेको अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका थिए ।अवैध रूपमा खोलामा भइरहेको उत्खननको विरोध गरेकाले क्रसर सञ्चालकले महतोको हत्या गरेको स्थानीयको भनाइ छ। हत्याको विरोधमा स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

 

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७