बिहिबार, बैशाख ६, २०८१

सार्की कि छोरी मन्दिरको मूल पुजारी ! बाहुन, क्षेत्री लगायत सबैले खुट्टामा ढोग्छन्

केही ठाउँमा द’लितलाई मठमन्दिरमा पुजाआजाका लागि रोक लगाउने नभई द’लित समुदायकै प्रतिनिधिलाई पुजेरीको रुपमा राखिन्छ । दाङको एक मन्दिरमा पनि बर्षौँ देखि दलित पुजारी राखिएको छ । घोराही उपमहानगर पालिका वडा न. १८ दिपज्योती टोल मसिनाको सामुदायिक मन्दिरमा दलित नै मुल पुजारी रहेकी छिन् ।

बषौँ देखि हाम्रो समाजमा दलित जातीलाई मन्दिर या पाटी पौवामा जान दिईँदैन् । जातिय वि’भेदकै कारण उनीहरुलाई मठ मन्दिरहरुमा पुजा पाठ गर्न रोक लगाईन्छ । तर कतिपय यस्ता स्थान पनि छन् जो समाज परिवर्तन बन्दै छन् । २०७२ सालमा स्थानीय पार्वती बि.क लाई माता उ’त्रिएपछि २०७२ फागुन २७ देखि उहाँलाई नै मुल पुजारीको रुपमा राखिएको थियो ।

समाजिक वि’भेदलाई अन्त्य गर्दै त्यहाँको समुदायले नागेश्वर पार्वती मन्दिरमा द’लित महिलालाई नै मुल पुजेरीको रुपमा राखेको छ । तर पार्वती अरु नै मन्दिरमा गएपछि अहिले त्यस मन्दिरमा पुन दलित समुदायकै स्थानीय ऋतु नेपालीलाई मुल पुजारीको रुपमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर रायमाझीले बताउनुभयो ।

उक्त मन्दिरमा पुजाआजाका लागि अन्य समुदायका मानिसहरु पनि आउने गरेका छन् । उनीहरुले पुजेरीको हातबाट टिका,प्रसाद ग्रहण गर्ने र पुजाआजामा सलंग्न हुने गरेका छन् । समाजमा रहेको जातिय भेदभावको पर्खाल तोड्नुपर्छ भन्ने हामीलाई लाग्यो,दलित पनि यही समुदायमा बसेर मन्दिर भित्र समेत पस्न नपाउने कस्तो अन्याय।

हामीले दलित समुदायबाटै मुख्य पुजारी राख्ने निणर्य गरेर सोही अनुसार गरेका छौँ, रायमाझीले भन्नुभयो । यस्तो परम्परा देशभर सञ्चालन गर्न सके जातिय विभेद केही हदसम्म कम हुने रायमाझीले दुखेसो पोख्नुभयो । पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७