शनिबार, बैशाख ८, २०८१

छोरी बिष्णु बरालको दाइजो माइती घर आइपुग्यो, आमाले रुदै यसो भनिन् अब दाइजो के गर्ने ?(भिडियो सहित)

बिष्णुका घर परिवारले माइती\पक्ष्यलाई दाइजो फिर्ता गरेका छन्। दाइजो फिर्ता गरे लगत्तै माइतीमै राखिएको छ। दाइजो फिरा भएपछि बिष्णुको आमा मिडियामा आउनु भएको छ। उहाका अनुसार छोरि नभएपछि त्यस घरमा दाइजो राख्नु को कुनै अधार नभएको आमाको भनाई छ। छोरीलाई दिएको दाइजो बेचेर त्यहि पैसाले छोरी को तिथि मा खर्च गर्नुपर्ने र कुनै आश्रममा मा सहयोग गर्ने बताउनु भएको छ।

बिहे गरेको २७ दिनमा मृत अवस्थामा फेला परेकी रुपन्देहीको बिष्णु बराल क्षेत्रिलाई परिवारजनले दाइजोको कारण आत्महत्या गर्न बाध्य बनाएको भनिदै माइतीपक्षले दाबि गर्दै आएका थिए। विष्णुका माइतीले बारम्वार आफ्नी छोरिलाई दाइजो कम ल्याएको भन्दै मानसिक यातना दिने गरेको माइती पक्षको भनाइ छ।

यसै बीचमा माइती पक्ष र श्रीमान लगाएतका बिभिन्न बिषयमा संचार माध्यममा टिकाटिप्पणी सार्बजनिक भएका थिए। घर पक्षले भने बिष्णुलाई कुनै पनि प्रकारको यातना नदिएकोबताउदै आएको छ। यसै बिच दाइजोकै बिषयलाई लिएर बिभिन्न प्रतिक्रिया आएपछि घर पक्षले बिबाहमा माइती पक्षले दिएका सम्पूर्ण दाइजो र गहना फिर्ता गरिएको छ।

सम्भब यो नेपालकै इतिहासमा नौलो घटना हो। उनीहरुले बुहारी नै नरहे पछि दाइजो नै फिर्ता गरेका हुन्। दाइजोमा दिएका सबै दाइजो सुन देखि हरेक दाइजो हरु फिर्ता लिएका छन्। त्यहाँ रहेका धेरै बुद्धिजीबी हरुलाई समेत भेला बनाई बिल अनुसारको सामान दाइजो हरु फिर्ता गरिएको हो।

दाइजो लिने क्रममा दिदीले हामीलाई दाइजो भन्दा पनि हाम्री बहिनि मन नपरेको भए बहिनि नै दिएको भए पनि हुन् भन्दै धेरै रोएकी छिन्। बिहे पछि छोरिलाई दिएको दा’इजो फिर्ता गर्ने सायद यो नेपालकै पहिलो घ’टना हो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७