शनिबार, साउन १२, २०८१

त्यो दिन के भएको थियो ? संखुवासभा ह-त्याका”ण्ड ! बाच्न सफल भएका बुवाको बयान यस्तो, एकै रात ६ जना सकिए

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ । घ’टना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फे’ला पार्न सकेको छैन । जिल्ला प्र’हरी कार्यालय संखुवासभाका प्र’हरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घ’टनाको थप अध्ययनका लागि बिसीलाई घ’टनास्थल पुगेको बताए । ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् ।

घ’टनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई प’क्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ । प्र’हरीले घ’टनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्र’हरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए ।

अनुसन्धानका क्रममा मृ’तकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फे’ला परेको प्र’हरीले जनाएको छ । घट’नाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्र’हरीले जनाएको छ । ह’त्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्र’हरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्र’हरी कार्यालय सङ्खुवासभा र इलाका प्र’हरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्र’हरी घट’नाको अनुसन्धानमा जुटेका छन् ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो । घट’ना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घ’टनास्थल आइपुगेको हो । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७