शनिबार, साउन १२, २०८१

संखुवासभा ह”त्याका”ण्ड ! ६ जना मा’रिएको ठाउँहरु यस्तो छ। प्रतेक ठाउँहरु ( हेर्नुहोस् भिडियो सहित)

संखुवासभाकाे मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको बी”भ’त्स ह” त्यापछि त्र सित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरेका छन् । आफन्त समेत रहेका थापा घ”टनास्थल भन्दा केही दुरीमा रहेको उम्लिङ मावी नजिकै स’रेका हुन् । मृ”तक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन् ‘बसिसक्नु भएन घर भित्रै पनि मनमा चिसो पस्न थाल्यो त्यही भएर अफैले बनाएको खाली घर थियो अहिले त्यहाँ सरेको छु ।

घरहरू अलि पर पर छ । खेतबारीमा रूखहरू छन् । जङ्गलजस्तो छ । घ’टनापछि घाँस काट्न जाँदा पनि कोही पछाडिबाट पो आयो कि भने जस्तो हुन्छ । आफ्नै खेतबारीमा जान सकेको छैन । छोराछोरीहरू ड’राएर एक्लै छाड्न सक्ने अवस्था छैन । चन्द्रबहादुर थापाका अनुसार मृ’तक तेजबहादुरका कान्छा छोरा नरेश दुबईबाट फर्कँदै छन् । मृ’तककाे घरमा ३ वटा गाई, एक हल गाेरू, १० बटा बाख्रा रहेका छन् ।

सधै रात साँझ हिँडेकाे बाटो एक्लै हिँड्न कसैको आँट छैन । अर्का एक छिमेकी नन्द कार्की भन्छन् ‘घ’टना भएदेखि शरीर कामिरहेको छ । घ’टनास्थलमा पुगेर घर फर्कँदा घरमा कोही नभएपछि आफ्नै घरभित्र पस्न सकिन । श्रीमती पनि घरबाट भागिछे ।’ ग्रामीण क्षेत्र भनेको समयमा मोबाइलमा टावर समेत नआउने र रात साँझ घाँसदाउरा गर्नुपर्ने भए तापनि घ’टनापछि घाँस का’ट्नसमेत जान नसकेको स्थानीय एक महिलाले बताइन् ।

परिवारका एक्ला ९० वर्षीय वयाेवृद्ध मात्र जी’वित भएकाले ती चौपाया छिमेकीले रेखदेख गरिरहेका छन् । ५ जनाको परिवार रहेको चन्द्रबहादुरले घटना भएकै घर सरेको बताए ‘घरभित्र आङ फुल्छ, केटाकेटीले पनि अब हामीलाई पनि मार्छ भन्दै रुन, कराउन र एकाेरीन थाले छाेराेछाेरीमा गलत मनोवि’ज्ञान नहोस् भनेर पनि सर्नुपर्याे । चन्द्रबहादुरले भने ‘गाउँ आ’ङ्कित भएको छ । गाउलेहरू सबै त’र्सिएका डराएका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७