शुक्रबार, चैत्र १६, २०८०

सबैले बौलायो भनेका नेत्रले राता रात बनाए ७० लाखको घर, टिकटक चलाएर झुपडीबाट महल सम्म पुगे नेत्र भुसाल (भिडियो सहित)

पछिल्लो समयमा टिकटक सबैको साथि भएको छ। आफु जे जस्तो अवस्थामा हुदा पनि टिकटक सबैले हेर्ने गर्छन। अहिले समयमा टिकटक नचलाउने सायद कोहि छैन होला। टिकटक मा धेरै मानिसले आफु भित्र लुकेर रहेको प्रतिभालाई देखाउने गर्दछन। टिकटक बाटै धेरै मानिसहरु कलाकार समेत भएका छन्। टिकटकमा लाइभ बसेपछि पैसा आउने थाहा पाएपछि अहिले धेरै मानिसहरु लाइभ बस्ने गरेका छन्। त्यहि टिकटक लाइभ बसेर महिनाको २०/३० लाख कमाउने मध्ये एक हुन् नेत्र भुषाल।

अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.२ मा बस्ने गर्छन। आज भन्दा ६ बर्ष अघि बाबाको दुखद निधन भयो। घरकै मुली मान्छेको स्वर्गारोहण सगै घर, परिवारमा आर्थिक भार पर्न गयो। बुवाले दुख सुख गरेर बनाएको यहि एउटा सानो घर पनि मर्मत हुन नपाउदा बिस्तारै जिर्ण हुदै गयो । टिनको छानो पुरोनो हुदै प्वाल पर्न थाल्यो। त्यही प्वालहरू बाट बर्खामा पनि चुन थाल्यो । घर खर्च र पढाईका लागि लिएको ऋण पनि लाखौँ पुग्दै गयो। घरको जेठो छोरो भएकै हिसाबले नेत्रलाई सकस हुदै गयो के गर्ने कसो गर्ने ?

नेत्रले धेरै ठाउँ काम गरे तर कतै भने जस्तो भएन। नेपालमा टिकटक म्युजिकलीको नामबाट मौलाउदै गर्दा नेत्रले आफ्नो दुख बिसाउने माध्यमकारूपमा त्यसलाई चलाउन थाले। म्युजिकलीको नाम चेन्ज भयो टिकटक। टिकटकले लाईभ गर्न मिल्ने र मन परेको मान्छेलाई गिफ्ट दिन मिल्ने सिस्टम ल्याएको थियो तर त्यो समय नेपालमा टिकटक लाईभ बस्ने कोहि भेटिदैनथे । लाईभ बस्दा कस्तो हुदो रैछ भन्दै पहिलो पटक नेत्र भुसालले टिकटक लाईभ गरे, बिस्तारै उनलाई लाईभ बस्न मज्जा आउन थाल्यो ।

लाईभ बस्दै गर्दा बिस्तारै बिदेशीहरूले गिफ्ट दिन थाले तर नेत्रलाई त्यो गिफ्ट पैसा नै हो भन्ने समेत थाहा थिएन। धेरै गिफ्ट आउन थाले पछि बिस्तारै चासो राख्दै गर्दा युट्युबहरूबाट नेत्रले थाहा पाउदै गएपछि टिकटकको गिफ्ट त पैसा रहेछ । जब उनलाई थाहा भयो तब उनको टिकटकमा ब्यालेन्स नेपाली 30 हजार पुगिसकेको रहेछ । जति धेरै समय लाईभ बस्यो त्यति धेरै कमाई वाउ ! त्यसपछि त झन नेत्र दिनको १० , १२ घण्टा लाईभ बस्न थाले। टिकटक लाईभ बस्दा हेर्ने जति पनि भिउअर्सहरू हुन्छन् एकले अर्कालाई साथी बनाउने गेम खेल्ने रहेछन् जसले गर्दा उनिहरूको फलवर्सहरू ह्वत्तै बढ्ने रहेछन् अनि त्यही खुशीले गर्दा ति ब्यक्तीहरूले लाईभ होस्ट गर्ने ब्यक्तीलाई गिफ्ट दिदारहेछन् ।

यसरी टिकटकबाट कमाई हुने कुरा नेत्रले थाहँ पाएपछि बल्ल सिरियसरूपमै झनै धेरै समय टिकटक लाईभमा बस्न थाले । नेत्रले पहिलो पटक झण्डै नेपाली ३० लाख रूपैया निकाले तर जस्ले त्यो पैसा निकालिदियो उस्ले कमिसन चार्ज नै १५ लाख खाईदिएछ। ३० लाख बाट जम्मा १५ लाख मात्रै पाउदा पनि नेत्र धेरै खुशी भए। पछि त बिस्तारै पैसा निकाल्ने तरिका पनि आफै सिके। नेत्रले नै लाईभबाट पैसा कमाउन सकिन्छ भनेर धेरै लाई सिकाए। जस्तो अहिलेका चर्चित टिकटक होस्टर अंशु बर्मालाई पनि नेत्रले नै सिकाएका हुन् उनिहरू अहिले मिलेर काम गर्छन् ।

यो घर पुरानो हुदै थियो नेत्रकी आमा कमलाले लिपपोट गर्दा नेत्रका बुवा सोभाखरले सधै जसो भन्ने गर्थे।बुढी तलाई कहिल्यै सुख दिन सकिन अब त ऋिण काडेर भएपनि एउटा राम्रो पक्की घर बनाएर तिमीहरूलाई सुख सगँ राख्नेछु तर उनको त्यो सपना सपनामा मात्रै सिमित भयो जब एका नेत्रका बुवा सोभाकर गाउमै संकासंपरूमा मृत अबस्थामा फेला परे। अहिले बुवाको त्यो सपना छोट्टो समयमै नेत्रले पुरा गरिदिएका छन् । नेत्र भन्छन् बुवा भएको भए सायद कत्ती खुशी हुनुहुन्थ्यो होला तर पनि मैले बुबाको सपना पुरा गर्दै छु। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७