
दशैं नजिकिए संगै यस समयमा धेरै व्यक्तिहरु आफ्नो घर सजाउन तर्फ लाग्ने गर्दछन। त्यस मध्ये एक हुन् प्युठान का सुदन पाण्डे। प्युठान जन्मिएका सुदन पाण्डे गीत गाउँन धेरै नै रुचि राख्छन। प्युठान जिल्लाको ऐरावती गाउपालिका वडा न.६ महेन्द्रदीप मा उनको घर पर्दछ। उनले मेलामा जादा होस् वा जुनसुकै अवस्थामा पनि पनि उनले गीतहरु गुनगुनाउने गर्दछन्। उनको गीत प्राय धेरै ले मन पराउने गर्दछन्। सानै उमेर देखि गीत गाउने सुदन एक कलाकार बन्ने उनको धोको छ तर आफ्नो आर्थिक अवस्था न्यून भएको कारण ले आफ्नो इच्छालाई मारेर बस्नु परेको छ।
कक्षा १२ को परिक्षा दिएर बसेका सुदनको प्रतिभा लाई बाहिर ल्याउनु पर्छ भनि मेचीकाली खबर का पत्रकार भोजराज थापा उनको अन्तरबार्ता लिन पुग्दा उनले गीतहरु गुनगुनाउदै आफ्नो काममा ब्येस्त भएका थिए। जब भोजराज थापा उनको घरमा पुगे उनि खुशी भए। जब उनको प्रतिभा सार्बजनिक भयो त्यसपछि सबैले उनलाई धेरै ले नै गीत राम्रो छ , तिमि एक राम्रो कलाकार बन्न सक्छौ भन्ने प्रतिक्रिया आएको छ। सुधन भन्छन मलाई कुनै गीतको लागि अफर आयो भने म गाउँन सक्छु। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।