शनिबार, बैशाख ८, २०८१

कामुक गजल भनेर तन्नेरी देखि बृद्ध सम्मलाई मोहित पारेकी ममता लैलै (हेर्नुहोस भिडियो सहित)

कामुक गजल भनेर तन्नेरी देखि बृद्ध सम्मलाई मोहित पारेकी ममता लैलै पहिलो पटक मिडियामा आएकी छिन। गुल्मी छत्रकोट गाउपालिका लुम्सामा जन्मेकी ममता अहिले सामाजिक संजाल टिकटक बाट सबैको मन मुटुमा मा बसेकी छिन। झट्ट हेर्दा सोझी ,सरल , राम्री , हसिली स्वभाबकि ममता गजल , सायरी गुनगुनाएर सबैको मनमा बस्न सफल भएकी छिन्। सानै उमेर देखि नै गीत , गजल, सायरी ,मुक्तक आदि भन्न धेरै नै मन पराउने ममता अहिले त्यस कारण नै धेरै चिनिएकी छिन्।

आफ्नो कला प्रतिभा लाई टिकटक , फेसबुक मार्फत सार्बजनिक गर्न पाउदा र त्यसबाट आएका राम्राराम्रा प्रतिक्रियाले गर्दा उनि धेरै नै हर्षित हुने गर्छिन। सेतो हिउ जस्तै हिमालको छेउमा बसेर उनले केहि समयमै गजल ,सायरी गुनगुनाउने गर्छिन। ममता अहिले सम्म ३५ भन्दा धेरै जील्ला हरुमा पुगिसकेकी छिन। उनि गाइट गर्ने क्रममा जुम्लामा पनि पुगेकी थिइन्। , साथै कोरोना भाइरसको कारण लकडाउनले गर्दा उनलाई घरसम्म तान्यो त्यसपछि बिस्तारै हराउदै गए भन्छिन ममता।

तपाइले बाचन गर्ने शब्दलाई सायरी , गजल , मुक्तक के भन्ने भनि प्रश्न गर्दा ममताले भनिन , यसमा कुनै विधा छुटिएको छैन मैले लेख्ने भनेको स्रिङ्गरिक विधा हो , नबरस मध्ये श्रीङ्गार रस नै राजा हुन्छ ,त्यसकारण मैले सबै लेख्ने गर्छु। उनले टिकटकमा राखेका सबै भिडियोहरु धेरैले मन पराएका हुन्छन , कमेन्ट मार्फत पनि उनलाई गजल , सायरी मुक्तक आदि आएको पनि उनले आफ्नो तरिकाले बाचन गर्ने गर्छिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७