शुक्रबार, चैत्र १६, २०८०

नेपाली युवाले बनाएको अचम्मको बाइक, हेनुहोस् उल्टो पनि चल्छ , सस्तो पनि धेरै सस्तो (भिडियो सहित)

अर्घाखाँचीका एक युवकले घरमै ईलेक्ट्रिकबाट चल्ने मोटरसाइकल बनाएका छन् । सन्धिखर्क नगरपालिका–१ पाणिनीचोक आर्मीगेट तर घर भएका १८ वर्षीय सागर पोखरेलले ४५ देखि ५० को स्पिडमा चल्ने ईलेक्ट्रनिक मोटरसाईकल बनाएर बिहीबार सन्धिखर्कको टुडिखेलमा सफल प्रदर्शन समेत गराएका हुन् । प्रदर्शन कार्यक्रममा सन्धिखर्कका मेयर कमलप्रसाद भुसाल लगाएतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पोखरेलको प्रशंंसा गरेका थिए ।

पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरि मोटरसाईकल तयार गरेको र आरपिएम ४५० परमिनेट क्षमताको रहेको बताए । उनले सानै उमेर देखि एक्साभेटर, रोवर्ड, भ्याकुम क्लिनर , पावर प्लान्ट, फ्रज लगायतका ईलोक्ट्रोनिक सामग्रीहरु बनाउँदै आएका थिए। जिल्लाकै छत्रदेव गाउँपालिका–७ भुस्खतामा रहेको सरस्वती माविमा कक्षा ९ र १० मा ओभरसियर पढ्न सुरु गरेका उनी अहिले बुटवलको देविनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसिरय पढ्दै गरेको बताउँछन् ।

पछिल्लो चरण दशै तिहारको बिदामा घर आएको बेला निरन्तर लागि परेर मोटरसाईकल तयार गर्न सकेको बताउने उनी सरकारी निकाय वा कुनै संघ संस्थाले सहयोग गरे , व्यवसायिक रुपमा यस्तो प्रविधीको मोटरसाईकल उत्पादन गरेर बजारमा लैजाने बताउँछन् । बाबु अनन्तमणि पोखरेलले छोराले सानै देखि सिर्जनशिल काम गर्न रुची राख्दै आएको बताए । उनका उनी एक मात्र छोरा हुन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७