
मान्छेले जीवन काट्न निकै गाह्रो पर्ने रहेछ ।रोगी भएर बाच्नु जस्तो पि’डा झन अरु के नै होला र ।रोगले आफुलाई त सिध्याउछ,साथमा परिवारको सबै खुशी पनि संगै लिएर जान्छ ।यस्तै,अर्घाखाँची जिल्ला सन्दिखर्क नगरपालिका वडा नं ९ थेर्वान भन्ने ठाउँमा एकजना बुढा श्यामलाल नेपालीलाई निकै अनौठो र डर लाग्दो रोग लागेको छ ।आज भन्दा करिब १५ वर्ष अगाडि श्यामलालको पेट अलिअलि दुख्न थालेको थियोे ।तर बिस्तारै त्यही पेट बढेर अहिले निकै ठूलो भएको छ ।
उपचार गराउन घरको आर्थिक अवस्थाले धान्दैन घरमा कमाउने मान्छे पनि कोहि छैन । एकजना छोरी छिन् र श्रीमतीले गिट्टि कुटेर ल्याएको पैसाले बिहान बेलुका हात मुख जोड्न पुगेको छ । पेट भित्र करिब दुई बाल्टी पानी भरिएको छ जसले गर्दा पेट दुखेर उनी हिड्न पनि गाह्रो हुन्छ । सुरुमा नजिकको स्वास्थ चौकीमा जचाँउदा उपचार गर्न डाक्टरले सकेनन् ।पछि घरै बसेर उनले सामान्य उपचार गर्न थाले तर पेट झन्झन् बढ्दै गयो ।
अहिले पेट फुट्नै लागेको छ ।श्यामलाल आफुलाई बचाई दिनु भन्दै आफ्नै ज्या नको भिख मागीरहेका छन् । कमाउने मान्छे आफु मात्र भएको हुनाले र आफ्नो अवस्था पनि यस्तो भएको हुनाले उनको आखामा आशुले मात्र भरिएको हुन्छ। मेरो अवस्था यस्तो भएको हुनाले मेरा परिवारले धेरै नै दुख पाए भन्दै रुन्छन् श्यामलाल। श्यामलालको श्रीमती भन्छिन , मैले गिट्टी कुट्ने काम गरेपनि छोरीलाई पढाउन पर्यो , खान ,लगाउन पर्यो त्यस कारण मैले आफ्नो श्रीमानको उपचारको लागि मैले पैसा पनि बचाउन सकेको छैन।
श्यामलालको अवस्था जब सामाजिक संजाल मा मा सार्बजनिक भयो त्यसपछि पत्रकार भोजराज थाहा उहाको सहयोगको लागि भनेर भिडियो सार्बजनिक गर्नुभएको छ। भिडियो सार्बजनिक गर्दै गर्दा श्यामलाल को अवस्था देखेपछि जापान बस्ने राजु कंडेलले रु १०००० सहायोग गर्नु भएको छ। यस भिडियो मार्फत श्यामलाल ले आफ्नो उपचारको लागि सहयोग को अपिल गरेका छन्।
पहिलो भिडियो सार्बजनिक भए लगत्तै पेट फ़ुलिएर दुखित श्यामलाल लाई सहयोग आउने क्रम जारि नै छ। भिडियो मै श्यामलाल को बैंक खाता राखेपछि केहि व्यक्तिहरुले खाता मै जम्मा गरिदिनु भएको छ। यस्तै श्यामलालको उपचारको लागि भन्दै अर्घाखाचीका नेत्र भुषालले रु १०००० (दश हजार),कृष्ण बहादुर खत्री का भाई बिष्णु खत्रीले रु १०००० (दशहजार )यस्तै अमेरिका बस्ने जमुना नोन्वाडले रु १०००० (दश हजार )सहयोग गर्नुभएको छ। पत्रकार भोजराज थापाको टिमले श्यामलालको लागि आज रु ३०००० (तिस हजार ) सहयोग गरि आउनुभएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।