शनिबार, साउन १२, २०८१

कुन उमेरको व्यक्ति कति समय सुत्ने ?

एजेन्सी । उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्म समय सुत्नुपर्छः

नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

१देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ ।

स्कुल जाने उमेर नपुगेका भएका बालबालिका -तीनदेखि पाँच वर्ष- दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।

स्कुल जाने बालबालिका -६देखि १३ वर्ष उमेर- का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।

किशोरकिशोरी (१४देखि १७ वर्ष) किशोर किशोरी हरेक दिन ८देखि १० घन्टा सुत्नुपर्छ ।

१८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

२६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।

गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७