शनिबार, साउन १२, २०८१

३ श्रीमती र ११ सन्तानलाई एकै साथ राखेका शन्त दाईको कथा, सौता सौता बिच लुछा लुछ हुन्छ कि नाई ? (भिडियो सहित)

नवलपुर जिल्लाको बौदिकाली गाउपालिका वडा नं २ डेड गाउको तिरन्दिमा एक युबक ले ३ श्रीमती बिबाह गरेका छन्। तिन श्रीमती बाट ११ जना सन्तान भएका छन्। हाम्रो नेपाली समाज मा देउरानी जेठानी त मिलन नसकी छुटीएर बसेका हुन्छन भने यस सन्त दाइले ३ वती श्रीमती लाई मिलाएर राखेको हुनाले सबै दंग नै छन्। गाउका मान्छे भन्छन हामीले १ श्रीमती त मिलाएर राख्न सक्दैनौ तिमि कसरि मिलाएर राखेका छौ ?

शन्त बि क ले आफ्नी ३ श्रीमतीलाई यसरि मिलाएर राखेका छन् कि उनीहरुको कहिल्यै झगडा हुदैन। श्रीमती हरु भन्छन , हामि सौता सौता भएपनि दिदिबहिनि जस्तै गरि बसेका छौ। हामीलाई श्रीमानले बराबर माया गर्नु हुन्छ , कहिल्यै केहिको कमि गराउनु भएको छैन। शन्तले आरनको काम गरेरै आफ्ना दर्जनौ परिवार पालेका छन्।

शन्तका ३ श्रीमती मध्ये एकले आफ़्फ़ु संगै आरनमा काम गर्ने , अर्की श्रीमतीले गोठमा हेर्ने र अर्की श्रीमतीले घर भित्र को काम गर्छन। हातका औला बराबर नभए पनि काटे रगत सबैको रातो नै हुन्छ त्यस कारण मेरो लागि सबै बराबर हुन्। कसैलाई थोरै , धेरै गराएको छैन। मैले आज सम्म जति पैसा कमाए त्यो सबै बिचमा राखेर भाग लगाइदिएको छु। जेठी श्रीमती बिबाह गरेको १५ बर्ष भएछ ,

माहिली बिहे गरेको १३ बर्ष भएछ र कान्छी बिहे गरेको १० बर्ष भएको रहेछ। शन्त पनि भन्छन कि मैले सबै श्रीमती लाई बराबर माया गरेको छु ,मैले ल्याएका श्रीमती हुन् , मेरै छोरा छोरी हुन् त्यस कारण जेठी ,माइली ,कान्छी जसका बच्चा बिरामी भएपनि मैले नै उपचार गर्ने गर्छु। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस https://youtu.be/8x1wNsyafaU

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७