
पछिल्लो समय मा सामाजिक संजाल टिकटकमा एक परिचित नाम हो रेवन सापकोटा। उनलाई माइकल ज्याक्सन भनेर पनि धेरैले चिन्ने गर्दछन। नाच्न धेरै मन पराउने रेवाए माइकल ज्याक्सनको जस्तै नक्कल गर्ने भएको हुनाले उनि त्यस नाम बाट पनि चिनिएका हुन्। दोलखा घर भएका रेवन काठमाडौँ मा कोठा भाडामा बस्ने गर्थे। उनले आफुले जे काम पायो त्यहि काम गर्छु भनि पहिले भिडियो मा पनि भनेका थिए। रेवनलाई कसले नराम्रो भन्थे त कसैले राम्रो भन्थे। त्यसको कुनै प्रबाह नगरी उनि आफ्नो काम मै लाग्थे।
पछिल्लो समय मा टिकटक मा भाइरल भयो उनको बिहेको भिडियो। कतिपय मानिसहरुले यो कुनै गीत को सुतिङ्ग हो भने भने कसैले बिहे नै हो भनेका थिए। सत्य कुरा थाहा पाउदा उनि रेवन चितवनकी मनिषा श्रेष्ठसंग बिबाह बन्धनमा बाधिएका रहेछन। रेवन र मनिसाको बिहे को भिडियो सार्बजनिक भए लगत्तै उनीहरु माथि धेरै नै टिकाटिप्पणीहरु आए। कसैले बधाई दिए त कसैले बोल्न नसक्ने संग किन बिबाह गरेको भन्दै नराम्रो भने।
५ महिना प्रेम सम्बन्ध मा परेकी मनिसाले आफ्नो श्रीमान को बानि ,ब्यबहार ,चालचलन सबै बुझेर बिबाह गरेकी उनले अरु व्यक्तिहरुलाई नराम्रो नभन्न पनि अनुरोध गरेकी छिन्। मान्छे हेर्दा नराम्रो भए पनि रेवान्को मन धेरै नै सफा छ भन्दै भिडियो मा भनेकी छिन। उनीहरुको बिबाह घर परिवारको सहमति मै भएको पनि भिडियो मार्फत बताएका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।