
धादिंङ ताल्तिमा घर भएका यानम सुन्दास अहिले मिडिया मा आएका छन्। कलाकार बन्ने सपना बोकेका यानम ठुलो दु’र्घटना मा परि अहिले अन्धकार को संसारमा बस्नु परेको छ। यानम २३ बर्ष कै उमेर मा अश’क्त भएर बस्नु परेको छ। केहि काम गर्छु भनि टिप्पर मा काम गर्न लागेका उनको त्यहि टिप्पर नै बन्यो शत्रु। यानम को उपचार मा धेरै खर्च लाग्यो तर पनि उनि पहिले को अबस्था मा आउन सकेनन। उनको ढाड भा’चिएको कारण उनको ढाड मा स्टिलको रड राखिएको छ।
पहाड मा भएको घर त्यस माथि उनलाई उकाली ओराली गर्न गार्हो नै भएको छ। छोराको यस्तो अवस्था हुदा पनि बुबाले कान्छी श्रीमती बिहे गरेर छुट्टै बस्न थाले। अब उनको साहारा कोहि नै भएनन। बुबाले अर्की बिहे गरेपछि बिचरा आमाले के नै गरुन। घर ब्येबहार चलाउने कि छोराको उपचार गर्ने। आफु अ’शक्त भए पनि उनको स्वर भने अश’क्त भएको छैन। लोक दोहोरि गीत गाउने यानम साचिकै स्वरकै धनि छन्। उनको स्वर मा यस्तो जादु छ कि जसले पनि मन पराउछन।
उनको गाउ भित्र लुकेको आवाज लाई बाहिर निकाल्न को लागि पत्रकार भोजराज थापा संग उनले अन्तरवार्ता दिएका छन्। भिडियो सार्बजनिक भए लगत्तै उनको स्वर मन पराउने धेरै नै छन। यानमलाइ आफ्नो प्रतिभा राम्रो लाग्ने भएको कारणले उनलाई इन्द्रेणीमा जाने धोको पनि रहेको छ। जिबन भरि साथ् दिन्छु भनि भनेकी प्रेमिका ले पनि उनि दु’र्घटना हुदा साथ् छोडेकी थिइन्। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।