शनिबार, साउन १२, २०८१

कडा दोहोरी गाउने फुच्चे जोडीको घर पनि छैन, आमले होटेलमा काम गर्नु हुन्छ, नयाँ कपडा लगाउदा यति खुशी (भिडियो हेर्नुहोस)

समाजिक संजालमा थुप्रै अहिले भाइरल हुने गरेका भेटिन्छन । आफ्नो कला मार्फत अहिले बागलुङ घर भएकी १३ वर्षकि सपना कुमाल निकै भाइरल भएकी छिन । सपना मिठा मिठा टुका जोडेर तत्काल गाउन र कसैसगँ दोहोरी खेल्नु पर्दा पनि तत्कालै जवाफ फर्काउन माहिर छि । उमेरले सानै भए पनि सपना लोकदोहोरी राम्रो सँगले आफै बनाएर तत्काल गाउन सक्छिन । आफुलाई सानै उमेर देखी गित गाउन धेरै रहर लाग्ने गरेको बताउँछिन । सपना पढाइको लागि घर छोडेर बाग्लुङकै एक बजारमा बस्छिन ।

सपना गित गाएर सबैलाई हअसाउँने र नचाउने गर्छिन । तुरुन्तै टुक्का जोडेर गित मार्फत फर्काउन आफू सक्ने सपनाको भनाई छ । आफुलाई यसरी खोज्दै आएको र आफुले आफ्नो प्रतिभा देखाउन पाएकोमा मिडियालाई पनि सपनाले धन्यवाद दिएकी छिन् । मिडिया सपना भएको स्थानमा पुग्दा त्यहा सपनासँगै गित गाउने अन्य थुप्रै साना नअनि बाबुहरु पनि थिए । सपनाले बेला बेलामा गित गाउन रोकिदा साथिहरुले सिकाउने पनि गर्दथे । आफुले गित गाएको सुन्दा सबै मान्छेहरु छमछमी नाच्ने गरेको सपना बताउछिन ।

आफुहरुलाई स्थानिय आफ्ना ठुला मान्छेहरुले बोलाएर गित गाउन लगाउने गरेको उनिहरु बताउँछन । तर अहिलेसम्म कुनै प्रतियोगिता तथा कार्यक्रममा भने आफुहरुले गित गाउने मौका नपाएको सपनाले बताईन । यदि त्यस्तो मौका मिले आफू गाउन सक्छु भन्ने लागेको सपना बताउँछिन । लोकदोहोरी गायकहरुसगँ आफुलाई दोहोरी गाउन मन भएको सपना बताउँछिन । यस्तै अभिषेक पनि आउहरुले मौका पाए गित राम्रो सगँ गाउने बताउँछन । आफुहरु इन्द्रेणी पनि हेर्ने गरेको बताउँछन ।

मिडियाको टोलि उनिहरुसगँ पुग्दा सपना र अभिषेकले दोहोरी गाएर मज्जाले सुनाएका थिए । उनिहरु एक अर्कासगँ दोहोरी खेलेका थिए । उनिहरुकी दोहोरी गायन कुनै गायकको भन्दा कमि थिएन । तत्काल तुक्का जोडेर सवाफ जवाफ दोहोरी गित मार्फत नै दिन सक्ने उनिहरु दुबैमा राम्रो खुबी थियो । त्याहा भएका सबैलाई उनिहरुको रमाइलो दोहोरिले छमछमी नचाएको देख्न सकिन्थ्यो । आफुहरुलाई कुनै ठूलो कार्यक्रममा दोहोरी गाउन मन भएको उनिहरुले बताए । साथै पछि गएर गायक बन्ने सपना रहेको उनिहरु बताउँछन ।

त्यही सपनासगैं उनी जस्तै अर्का गित गाउने भाइ पनि भेटिए । बागलुङ घर भएका १३ वर्षका ति अभिषेक परिवार पनि सपना जस्तै एकदमै मिठो गित गाउथे । उमेरले सानो भएनी टुका जोडी जोडी गित गाउन उनी सपना जत्तिकै माहिर रहेछन । सपना सगै कक्षा ७ पढ्ने अभिषेकलाई पनि गित गाउन धेरै मन पर्ने बताए । आफू पनि सानै उमेर देखि गित गाउन थालेकी उनी बताउँछन । उनिहरुको समुहमा भेटिएका अन्य सबैले राम्ररी गीत गाउन सक्ने रहेछन । उनिहरु एउटै लयमा सगैँ पनि गित गाउन सक्ने रहेछन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७