शुक्रबार, चैत्र १६, २०८०

जंगलमा छट’पटीएको अवस्थामा भेटिएकी कमला बारे खास बास्तबिकता के ? के उनले बि’ष सेवन गरेकै हुन् ? ( भिडियो सहित हेर्नुहोस)

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको शङ्कास्पद मृ’त्युको घटना सार्वजनिक भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्यको रह’स्यमय मृ’त्यु भएको हो । पुस १० गते शनिबार साँझबाट हराइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जिवितै फेला परेकी थिइन् ।

उनले मु’सा मा’र्ने औ’षधि सेव’न गरेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले बताएकाे छ । कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृ’तक युवतिको श’व पो,’स्टमा’र्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

मृ’तक युवतिले आफू साथीको घरमा गएको र फर्कने क्रममा गाडीमा रहँदा र’जस्वला भएपछि पा’ठेघर ख’सेजस्तो लागेर वि’ष से’वन गरेको बताएको स्थानीयको भनाइ छ । उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घ’टना रह”स्यमय रहेको स्थानीयहरु बताउँछन् । परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अ’ब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ ।

राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इ’न्टर्नसमेत गर्दै आएकी थिइन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७