शुक्रबार, चैत्र १६, २०८०

सुनसान जंगलमा एक्लै बसेका टिमुरचौरे बाजेको दुखद कथा, ७ जना छोराछोरीबाट अपहेलित भएपछि

४ भाई छोरा जन्मिए, ३ बैनी छोरी तर बुडेशकालमा कसैले हेरेन । जगंलको बिच रहेको यो घरमा टिमुर चौरे बाजे एक्लै बस्नुहुदोरहेछ। आज हाम्रो यात्रा यिनै बाजेको घर दाङको राप्ती गाउँपालिकामा रहेको पहाडी भेग वडा नं ९ को देबिकोट सल्ले ब्रा खोला । भन्ने ठाउँसम्म हुनेछ। देबिकोटको दर्शन गरिसकेपछि हामी टिमुर चौरे अर्थात नारायण बाजेको घरमा आईपुगेउ । बारीमा उखुको बोट रहेछन् बजेले सुरूमै उखु खुवाउनु भयो। हामी आउने खबरले बाजेले खाना पकाउदै हुनुहुदोरहेछ । घरमा लोकल कुखुराहरू १०, १२ बटा रहेछन् हामी आएपछि आफै का”ट्छन् भनेर भाले समातेर राख्नु भाको रहेछ।

हाम्रो टोली मासु भनेपछि हुरूक्कै हुने तर यहि बिचमा एक जना भने पुरै साकाहारी, काटेको पनि हेर्नै नसक्ने। यता यसरी लुक्नु भाछ भुपु पाण्डे । भुपु पाण्डे, जो निकै राम्रो गायक पनि हुनुहुन्छ । अघि उखु खानेबेला आफ्नै गित चम्पा गाएर सुनाउनु भयो। बाजेले यता कक्कड बानाउदै हुनु हुन्छ। एक्लोपनको साहार रहेछ यो। खानै पर्ने,बानि यस्तो लागेछ कि नखाई नहुने। दैलोमा बसेर झण्डै आधा घण्टा क”क्कड तान्दै गित गाउदै हामीलाई सुनाउनु भयो। घर भन्दा थोरै पर पानीको मुल रहेछ। खाने पानी यहि रहेछ ।

छोरा छोरी भएर मात्र के गर्नु बुडेसकालमा बाजेको साहरा कोही नभएपछि । बाजेका २ ओटि श्रीमती रहेछन् जेठीबाट ३ बटा छोरा र 2 ओटि छोरी । कान्छी बाट एउटी छोरी । पहाडमा दुख होला भनेर, सन्तान र श्रीमतीलाई लिएर टिमुर चौरे बाजे २०५७ सालमा तराई झर्नु भयो। तराई झरेपछि जेठिसगँ सम्बन्ध बिग्रिदै गएपछि जेठीले आफ्ना सन्तान बोकेर भारत गईन । टिमुर चौरे बाजेलाई एक्लै बस्न गारो भयो केहि बर्ष पछि २०७० सालमा उँहाले कान्छी श्रीमती ल्याउनु भयो।

दोस्रो बिहे गरेको खबर थाहा पाएपछि जेठि श्रीमति र छोराहरू अंश खोज्दै नेपाल आए र हक दाबि गर्दै मु”द्दा हालिदिए।दाङको तराई भेगमा रहेको सम्पती सबै जेठी श्रीमती र छोराहरूलाई दिएरै सकियो। बाजे कान्छी श्रीमतीको साथमा पहाड आउनु भयो। कान्छीबाट एउटी छोरीको जन्म भैसकेको थियो, कान्छीलाई पहाड बस्न निकै गार्हो भैहेको थियो। त्यसैले पनि होला पछि कान्छि श्रीमती छोरी बोकेर अर्कै सगँ हिडिन् । २०७२साल देखी बाजे यहाँ यो ठाउँमा एक्लै बस्दै आउनु भएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७