
यि हुन गोबिन्द जिसी, हिजो धुम धामले छोरीको कन्यादान गरे । राम्रो सँग घर गरेर खानु है भन्दै छोरीलाई बिदाई पनि गरे । माईती घरबाट बाजा बजाएर बिदाई गरेकी छोरी घर सम्म पुग्न सकिनन् । बाटोमै बेहुला बेहुली सहित १४ जना जन्ती बसेको जिप दु’र्घटना भयो। बाटोबाट झण्डै ३०० मिटर तल खोल्सामा जिप ख’स्यो। एका बिहानै ५ बजे गोबिन्दको मोबाईलमा घण्टी बज्यो पक्कै पनि छोरीले घर पुगेर गरेको होला भन्दै गोबिन्दले फोन उठाए ।
तर त्यो फोन छोरीको थिएन, अत्तिदै कोही ब्यतीले फोन गरेको थियो छिटो आउनुस् जन्ती बोकेको गाडी दु’घटना भाकोछ। यत्ति सुन्दैमा गोबिन्द मुर्छा परे जस्तै भए त्यसमाथि बेहुली सगँ लोकन्ती गएकी साईली छोरीको मृत्यु भयो भन्ने खबरले उनि झनै बेहोसी भए। एकोहोरिदै उनि सरासर अस्पताल आए । २१ वर्षीया बेहुली रीमा जिसी घरकी माईली छोरी हुन् दुघटनामा परेर उनको हात चुडि’एको छ भन्ने सुनेपछि त झन गोबिन्दले छोरीलाई हेर्न समेत सकेका छैनन् ।
प्युठान अस्पतालमा उपचार सम्भब नहुने देखेपछि बेहुलीलाई काठमाण्डौ रिफर गरिएकोछ। यति बेला गोबिन्द आफ्नी साईली छोरीको मृ’त श’बको प्रतिक्षामा अस्पताल बाहिर टोलाएर बसिरहेकाछन्। तर छोरीको श’ब भने अझै घ’टनास्थल बाट अस्पताल आईसकेको छैन। बेहुला २५ वर्षीय दानबहादुर खड्काको अबस्था भने खस्सै ग’म्भिर छैन उनको देब्रे हात भा’चिएकोछ। उनि अहिले बेहुलीलाई उपचार गराउन सगै काठमाण्डौँ लिएर गएका छन्।
नौबहिनी गाउँपालिकाको लुङ लेखबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटा भन्ने ठाउँमा आजै शनिवार बिहान ३ बजे दु’र्घटनामा परेको थियो। दु’घटनामा परेर ८ जनाको ज्या’न गएको छ भने ६ जना घा’ईते भएकाछन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।