
दिनरात नभनी श्रीमतीको खुशीका लागि बिदेशमा रगत पसिना बगाईरहेका हाम्रा दाजु भाईहरू जब नेपाल आउनुहुन्छ घरमा न श्रीमती न सम्पती भेटिन्छ तब उहाँहरू झिनो आस लिएर मिडियालाई खोज्दै आईपुग्नु हुन्छ । आफु विदेश गएएर घर फर्किएपछि श्रीमती ब्येपत्ता भए पछि श्रीमतीको खोजि गर्दै अर्जुन मिडियामा आएका छन्। भिडियो को स्क्रिन मा देखीएको यिनै हुन् अर्जुनकी श्रीमती २१ बर्षिय हिमा नेपाली, घरमा पैसाको अभाब हुदै गर्दा हिमाले श्रीमानलाई कतार पठाईन् ।
श्रीमान अर्जुन बिदेशीएपछि अर्थिक अबस्था बिस्तारै राम्रै हुदै गयो। रगत र पसिना बेचेर श्रीमातीका हरेक ईच्छा चाहानाहरू अर्जुनले पुरा गरिरहेका थिए। ३ बर्षपछि अर्जुन घर आए, मायालु श्रीमती र हुर्किरहेकी कोपिला जस्ती छोरीलाई ३ बर्षपछि अङ्गाल्न पाउदा अर्जुन निकै खुशी भए तर त्यो खुशी धेरै दिन टिक्न सकेन। अर्जुन बिदेशबाट आएको ठिक ३४ दिनमा श्रीमती घरबाट बेपत्ता भईन्। त्यो दिन श्रीमतीको मोबाईलमा एक जना केटा फोन आएछ, श्रीमानले कोहो भन्दा चिन्दिन, यो सिम देउरानीको हो भनेर टारिछन् त्यसको भोली पल्ट हिमा बेपत्ता भएकी हुन्।
हिमाले घर छाडेर जादा श्रीमानको एटिएम पनि लिएर गएकी रहिछन् बैकँमा गएर हेर्दा केहि लाख रूपैया झिकिएको पनि रहेछ। अर्जुनलाई हिमा सय प्रतिसत पोईलनै गएको हो भन्ने लागेकोछ। अर्जुन धेरै बर्ष बिदेश भएका कारण छोरी खास्सै नझ्याम्मीएकी रहिछन् , दिनरात मम्मी भन्दै छोरी रोईरहने भएकाले पनि श्रीमती घर आईदियोस् भन्ने लागेको रहेछ अर्जुनलाई । आफुले बर्षौ दुख गरेर कमाएको पैसा सबै श्रीमती ले लैजादा र छोरीको अवस्था देख्दा अर्जुनलाई मर्नु न बाच्नु हुन्छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।