शुक्रबार, चैत्र १६, २०८०

करोडौँ नेपालीको मन जितेका अरुण सुनार बस्ने घरमा पुग्दा, “म हार्दा पनि खुशी छु” गुरुलाई सम्झिएर रोए

बिजेता त्यो होस् जसले हरेको मन जितोस्, बालबालिकाहरुको सिङ्गिग रियालिटी सो, सा रे ग म प लिटिल च्याम्प नेपाल को टप ५ मै अरुण सिमित रहेपनि उनले सबैको मन जितेका छन् यसअर्थ धेरैका लागि असली बिजेता बनेका छन् अरुण। जहाँबाट अरुणको जन्म संगै सांगीतिक यात्राको प्रारम्भ भएको थियो। हिजो त्यहि ठाउँमा अरुणको हौसलाका लागि स्वागतसँगै बिजयी उत्सब मनाए पर्वतका कुश्मा बासीहरुले। हिजोको बिजयी उत्सबमा रमाउन म आउन नसकेपनि आज भाइलाई बधाईसंगै सफलताको शुभकामना दिन म अरुण बस्ने घरमै आइसकेको छु।

घरमा अरुण, अरुणको आमा, भाईसंगै सानोबुबा र सानी आमा हुनु हुन्छ, बाबा भने रोजगारीको सिलसिलामा विदेशमा हुनु हुन्छ, अरुणको परिवारका सबै सदस्यहरुले मिठो गीत गाउनु हुदो रहेछ, एकै छिनमा म यताको रमाइलोलाई पुरा देखाउने छु, अहिले भने अरुणले गीत गाउन सिकेको त्यो ठाउँ र ति व्यक्तिलाई देखाउछु जसलाई अरुणले भगवान सम्झिएर मनमा सजाएका छन् । यिन हुन् मान बहादुर नेपाली अर्थात मानजी सुरागम। अरुण भाईको गुरु। ४५ वर्षको अल्पायुमै मानाजीले यो संसार छाडे।

अरुणलाई राम्रो सफल गायक बनाउने सपना देखेका थिए मानजीले। अझ भनौँ सो सा रे ग म प लिटिल च्याम्प नेपालको मंचमा अरुणले गीत गाएको हेर्ने रहर थियो मानजीलाई तर त्यो उनको इच्छा पुरा हुन सकेन उता अरुणले अडिसन दिदै गर्दा यता मानजी जीवन र मृत्युसँग लडिरहेका थिए। अडिसनमा सेलेक्ट भए भनेर अरुणले आफ्ना गुरुलाई सुनाउन समेत सकेनन् गुरुले सधैका लागि धर्ति छाडीसक्नु भएको थियो।

अरुण भन्छन् आज यो सफलतामा गुरु हामीसंगै भैदिएको खाए सयाद कति खुशी हुनु हुन्थ्यो होला, तर पनि उनलाई लाग्छ गुरु यतै कतै हुनु हुन्छ यो सबै देखिराख्नु भएको छ, हिजो काठमाडौँबाट पर्बत आउना साथ अरुण आफ्ना गुरुलाई भेट्न अनि खुशी साट्न यहि आएका थिए, त्यो समय अरुणका आँखामा गहभरि आशु प्रस्ट देख्न सकिन्थ्यो
सायद अरुणलाई गुरुको याद धेरै आएको हुनु पर्छ। बिहानै उठ्ने बितिकै सधै जसो अरुण यहि आउदा रहेछन् गुरुको चरणमा परि आशिर्वाद लिदा रहेछन्।

आउनुहोस् अब अरुणको घर तर्फ लागौं, अरुणको घर धेरै रमाइलो भयो कत्ति कुरा त भिडियो लामो भएका कारण मैले काट्नु पर्यो , घरको कुरा कानी सकेपछि हामी घुम्न गएउ, घुम्न जादा बाटोमा अरुणको थोरै अन्तरबार्ता र थोरै गीत पनि सुनेउ अबको पालोमा यो हेर्नुहोस् –

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७