शनिबार, साउन १२, २०८१

थारु र बाहुन बिचको लोभलाग्दो प्रेम, बाहुनको भान्सामै पाक्छ थारु परिकार

दाङ जिल्लाको देउखुरी भैसखुङ्रा घर भएर बसोबास गर्दै आएका पहाडी समुदायका बाहुन मोहन र मदेशी थारु समुदायकि लुतन चौधरी बिचको लोभलाग्दो प्रेमले तपाईंलाई मोहित तुल्याउनेछ । उनिहरुको धुमधामका साथ बिबाह पनि भएको रहेछ । बाहुनको घरमा थारु परिकार खासै रुचाइएको पाइँदैन तर मोहनको घरमा भने त्यस्तो छैन लुतनले बनाएका थारु परिकार मीठो मानेर खान्छ्न मोहन र उनका परिवारजन ।

मोहन भान्साको कामदेखि लिएर सबैकाममा सहयोग गर्दा रहेछन लुतनलाई । आफ्नो कामबाट छुट्टि मिलेको दिन दिनैभरी श्रीमतीले अर्‍हाएको काम गर्दै ठिक्क हुने उनी बताउँछन । श्रीमतीले बनाएका चौधरी परिकार आजभोलि मिठो मानिमानी खान्छ्न मोहन आजभोलि । खरिया आफ्नो मनपर्ने परिकार रहेको उनले बताए । डिक्री, खरिया, फुलौरी लगायतका अन्य थुप्रै परिकार बनाउँदी रहिछिन उनले । चौधरी केटि बिबाह गर्नु फाइदा छ भन्छ्न मोहन ।

चौधरी पोसाक भने आफूले माइत जाँदा मात्र लगाउने गरेको बताउँछ्न उनि । फुर्सदको समयमा श्रीमानश्रीमती मिलेर करेसाबारीमा समेत काम गर्दारहेछ्न उनिहरु । आफूले खाएर बेच्ने पनि गरेको बताउँछ्न उनी । लुतनले एउटा थारु गीत गाएर पनि खुब रमाइलो गरिन । एकै नजरमा लुतनसँग माया बसेको बताउँछ्न उनी । आफ्नो घरअगाडी कै बाटो लुतन हिड्ने गरेको र कतिबेला दिलमा घण्टि बजेको पत्तै नभएको बताउँछ्न मोहन । पछि प्रेम प्रस्ताब राखिसकेपछी पनि रिप्लाई धेरैपछि आएको उनले बताए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७