शुक्रबार, बैशाख १४, २०८१

दुनियाले पागल भने तर उल्टो हिड्न छाडेनन् यी व्यक्ति, उल्टो हिडेरै भोजराजले लिए गज्ज़बको अन्तरवार्ता

दाङका ऋषि परियारले उल्टो पैदल यात्रा गर्ने क्रममा हेटौडा वडा न. १९ को नेवापानि प्रवेश गर्नुभएको छ । तुलसीपुर ३ रानागाउँ निवासी परियारले गत माघ १५ गतेदेखी मेची महाकाली उल्टो पैदल यात्रा सुरु गर्नुभएको थियो । पुर्वको झापा जिल्लाको मेची पुलबाट उल्टो पैदल यात्रा सुरु गर्नुभएका परियारले अहिले सम्म झापा सहित मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषा जिल्ला पार गरी सक्नु भएको छ ।बुधलवार दिउँसो १ बजे हेटौडा जिल्ला प्रवेश गर्नु भएको हो।

उहाले अहिले सम्म झन्डै चार सय बिस किलोमिटर दुरी यात्रा गर्नुभएको छ । स्वास्थ्यका लागी मेची महाकाली उल्टो पैदल यात्राको सुरुवात गर्नुभएका उहाले सवैको साथ र सहयोग राम्रो पाएको प्रतिक्रिया दिनुभयो । माघ १५ गतेदेखी निरन्तर दैनिक पैदल यात्रा गरेको उहाले बताउनुभयो । मोहत्तरी जिल्ला प्रवेश गरे संगै बिचमा ३६ किलोमिटरको लामो जंगलको बाटो पर्ने भएकाले मंगलवार दिउँसो एक बजेपछि यात्रालाई स्थगित गरिएको बताउनुभयो ।

बुधवार विहान देखी फेरी यात्रालाई जारी राख्ने उहाले बताउनुभयो ।फरक कला र प्रतिभा भएका परियारले यस अघि हातले टेकेर गिनिज बुक(विश्व रेकर्ड)मा नाम लेखाई सक्नु भएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७