
पछिल्लो समयमा सामाजिक किसिमका घटना हरु देख्न सकिन्छ। कसैको श्रीमान त कसैको श्रीमती ले छोराछोरी को बिचल्ली बनाएर हिनेको देख्न सकिन्छ। यस्तै यस भिडियो मा पनि दुई छोरीलाई छोडेर श्रीमान ले खाडी मा कमाएको सबै पैसा कुम्ल्याएर श्रीमती ब्येपत्ता भएकी छिन। सल्यान राजा गिट्टी घर भएकी भिमसरा पुन हराएको पनि ५ महिना भईसकेछ। श्रीमानले विदेश दुख गरि कमाएको १६ लाख नगत र ३ तोला सुन पनि लगेर गएको ससुराको भनाई छ।
श्रीमान ले धेरै नै विश्वास गरि तलब पाउन साथ् श्रीमतीको नाम मा हाल्दिने गर्दा रहेछन। जब श्रीमती हराएको खबर श्रीमान को कान सम्म पुग्यो उनि नेपाल आएर पनि श्रीमती खोज्दै हिनेका रहेछन। थोरै समय को बिदा लिएर आएका उनले श्रीमतीलाई फेला पार्न सकेनन। र फेरी आफ्नै काम को लागि बिदेशी भुमि पुगे। घरमा भएका दुई १३ बर्षे छोरी र ५ बर्षे छोरी जिउदै टुहुरा भएका छन्। १३ बर्षिय छोरीका अनुसार आमा यो भन्दा पनि केहि समय अगाडी भिमसरा हराएकी थिइन्।
श्रीमानले खाडी मुलुकमा धेरै दुख गरि श्रीमती र छोरीहरुलाई खुशी सुखी राखी छोरिहरुको राम्रो शिक्षा दिनको लागि उनले दाङ तुलसीपुर बजार मा कोठा भाडामा राखेका थिए। छोरिका अनुसार मम्मी बाबा को झगडा पर्ने थिएन पैसा पठाएपछि मम्मी धेरै नै खुशी हुनुहुन्थ्यो। रात भरि आमाको काख खोज्दै बहिनि रुन्छिन , मैले धेरै सम्झाउदा पनि मान्दैमान्दैनिन। आमा हराएको पनि ५ महिना भयो तर पनि एक पटक फोन पनि भएको छैन. पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।