
बुटवल उपमहानगर पालिका ११ बुद्धनगर टोलमा पनि त्यस्तै घटना घटेको छ। श्रीमान बैदेशिक रोजगारीको क्रममा साउदी गएका रहेछन ,चन्द्र परिवार। अहिले उनि विदेश बाट आएको जम्मा १० दिन भएको रहेछ। उनले श्रीमती लाई भने श्रीमती म आउदै छु है भनि खबर गरेपछि श्रीमतीले घरको ढोका मा भोल्टे ताल्चा मारेर फरार भएकी रहेछिन। जब श्रीमानले काठमाडौँ एरपोर्ट बाट म बुटवल गाडीमा चढे भने श्रीमतीले कुम्लाकटेरा बाधी फरार भईन। बिहान ४ बजे चन्द्रले भने प्यारी म घर आए ढोका खोला भनी झ्यालबाट बोलाए बिस्तारा चट्ट मिलाएको देखे।
ढोका हेर्दा ताल्चा मारेको देख्दा उनि छागा बाट खसे जस्तै भए। करिब आज भन्दा १४ बर्ष आगाडी अर्घाखाची बाट मागी बिबाह गरेका चन्द्रको सन्तान पनि भएको रहेनछ। श्रीमतीलाई धेरै नै सान्तोना दिदै उपचार गरौला हाम्रो बच्चा नभए पनि आश्रम बाट लिएर बसौला भनि भनेका थिए। चन्द्र को आफ्नो भनेको श्रीमती बाहेक अरु कोहि पनि रहेनछन। उनले आफ्नी श्रीमती को धेरै नै माया गर्ने भएको हुदा यो खबर ले उनि धरधारी रोए।
मैले श्रीमती लाई धेरै नै विश्वास गर्थे त्यसकारण ले नै मैले पैसा कमाएर उसकै नाम मा पठाउठे , यो घर पनि उसले नै बनाएको हो , यो घर को लालपुर्जा पनि उसकै नाम मा छ। स्कुटी पनि उसकै नाम मा छ। घर मा भएको उसलाई मन पर्ने सामान पनि उसले लगेर गएकी छ भन्दै धरधरी रोए चन्द्र। नेपाल आए देखि चन्द्र ले श्रीमती संग कुरा गर्न पाएका छैनन् म्यासेन्जर मा श्रीमती ले मैले मेरो मेसो गरे तिमीले पनि आफ्नो मेसो गर्नु भनि म्यासेज गरेकी रहेछिन।
चन्द्र भन्छन मैले केहि गल्ति गरेको भए मलाई भनेको भए पनि हुन्थ्यो , छिमेकि ले का जान लागेको हो भनि सोध्दा पनि एक पटक पनि बोलेको थिइनन् चन्द्र को बुढी।