शनिबार, साउन १२, २०८१

सुनिता फेला परिन् भन्छिन् – १४ वर्ष सम्म बच्चा नबसेपछि श्रीमानको खुशीको लागि घर छाड्न बाध्य भए

पछिल्लो समय सामाजिक संजाल मा धेरै नै किसिमका घटना हरु घटेको देख्न सकिन्छ। जहाँ श्रीमान ले श्रीमती छोडेको त कतै श्रीमतीले श्रीमान छोडेको। बिना सम्पति कोहि पनि भाग्दैनन कि कसैले श्रीमती को कमाई लैजान्छन त कसैले श्रीमान को कमाई सम्पति सबै लागि फरार भएको खबर देख्न सकिन्छ। त्यस्तै बुटवल मा पनि त्यस्तै घटना घटेको देख्न सकिन्छ। त्यस्तै बुटवल उपमहानगर पालिका ११ बुद्धनगर टोलमा पनि त्यस्तै घटना घटेको छ।

श्रीमान आउने दिन मै फरार भएकी भनिएकी चन्द्र कि श्रीमती मिडियामा आएकी छिन्। १४ वर्ष सम्म बच्चा नबसेपछि श्रीमानको खुशीको लागि घर छाड्न बाध्य भए भन्दै चन्द्र को श्रीमतीले भनेकी छिन। बच्चा नभए पछि सबैको हेला भईन्छ भने जस्तै पछि गैर यो सब मलाई भोग्न नपरोस भनि घर छोडेको हो। श्रीमान घर आएपछि मलाई उसको माया लाग्छ र छोड्न सक्दैन भनेर श्रीमान आउँन भन्दा आगाडी नै म निस्केकी हु।

बिबाह भएको १४ बर्ष हुदा पनि श्रीमान को खुशी को लागी मैले एक सन्तान पनि दिन नसक्दा मैले धेरै व्यक्ति हरुको भनाई सुन्नु परेको थियो। मैले श्रीमान लाई खुशी राख्न नसके पछि मलाई श्रीमानले दिएको खुशीको के नै अर्थ भयो र। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,कपिलबस्तुमा हा’त्तिपाइले (फाइलेरिया) रोग निवारण गर्न १४ औं चारणको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय हा’त्तिपाइले रोग निवारण सम्बन्धि पत्रकार संग अन्र्तक्रिया कार्यक्रममा सो कुरा जानकारी दिएको हो । अहिले जिल्लामा हा’त्तिपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धि फागुन २८ गते देखि औषधी खुुवाइने भएको छ । जिल्लामा गत आर्थिक वर्ष सम्म हात्तीपाईले भएका ४ सय ७२ जना रहेका छन् । जसमा खुट्टा सुन्निएको १ सय ८७, हाईड्रोशिल भएका २ सय ८२, हात तथा स्तन सुन्निएका ३ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा १ प्रतिशत भन्दा कम हुनु पर्ने तर यहा करिब साढे ८ प्रतिशतमा यो रोग रहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । जिल्लामा प्रत्येक वर्ष जाँच गर्दा करिब साढे ८ प्रतिशतमा यो प्रजिवि देखिनु यो दुखद रहेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेले भन्नुभयो जब सम्म हामी १ प्रतिशत भन्दा कममा आउदैनौ तब सम्म यो औषधी सेवन गर्नु पर्ने बताउनुभयो । सन् २०३० सम्म १ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यो रोगलाई अहिले निवारण गर्न सकियो भने हुन्छ नत्र पछि गएर यसलाई उपचार गरेर निको गर्न नसकिने तौलिहवा अस्पतालका डाक्टर डणेश क्षेत्रीले बताउनुभयो । यो प्रजिविलाई स्वास्थ्य व्यक्तिमा फैलिन नदिन सबैले औषधी सेवन गर्नु पर्ने उहाँले बताउनुभयो । यस वर्ष जिल्लामा ६ लाख २० हजार ४ सय ९१ जनालाई औषधी खुवाईने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालयले २ वर्ष मुनिको वच्चा, अस्पतालमा भर्ना भएका विरामी तथा ओछ्यान परेका सिकिस्त विरामी, छारे रोगका विरामी, गर्भवती र सात दिन सम्मका सुत्केरीले औषधि सेवन नगर्न अनुरोध गरेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७