बिहिबार, बैशाख १३, २०८१

६० वर्ष देखि खोलाको पानी खाएर बाचेका बिद्यार्थीहरुलाई हेर्नुहोस्

 बिद्यालय जाने बाटोमै रहेछ केराघारी खोला। हामी खोलामा पुग्दै गर्दा बिद्यार्थीहरु पानी खान खोला झरेका थिए। कोहि पानी खान मात्र झरेका थिए त कोहि पानी लान ग्यालिन र गाग्री लिएर आएका थिए। खोलाको पानी मुल बाट आएता पनि बाहिर ब्यबस्थित गर्न सकिएन भने त्यसै दुषित हुन्छ। यो पानी सुद्ध छ भनेर कसरी भन्ने जहाँ नुहाउने, कपडा धुने, भाडा माझ्ने र बाख्रालाई पानी खुवाउने गरिन्छ। न त यो पानी ढाकछोप नै गरिएको छ।
यहि पानी साना साना बालबालिका देखि बृद्ध सम्मले खानु पर्ने बाध्यता छ। खोलामा थोरै कुरा कानी गरेपछि बिद्यार्थीहरुसंगै हामी पानी बोकेर बिद्यालय तर्फ लाग्यौं। केहि वर्ष अघि एउटा ingo ले यस बिद्यालयमा धारा जडान गरिदियो तर खोलाको पानी माथि तान्न मोटर नहुँदा धारामा पानी आउन भने सकेन। यस बिद्यालयमा रहेको पानीको समस्याबारे वडा अध्यक्ष बुद्धिराम तिवारीलाई भेट्न हामी वडा कार्यालय पुग्यौं तर कार्यालय पुग्दा वडा अधक्ष्य त्यहाँ थिएनन् ।
केहि गरिपनि वडा अधक्ष्यलाई हामीले भेट्न नसके पछि हामी यसै गाउँपालिका अधक्ष कमान सिं डागीलाई भेट्न गयौँ। हामी संग कुरा गर्दा अधक्ष डागीले सकारात्मक प्रतिक्रिया तथा प्रतिबद्ता दिएका छन्। बिद्यालयमा पानीको समस्या र समाधानको बिषयमा तयार गरिएको यस भिडियो रिपोर्ट संगै अब हाम्रो यात्रा, फरक ठाउँ र फरक बिषयमामा केन्द्रित हुने छ।
https://youtu.be/6h7fdC3s_tI

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७