मङ्लबार, अशोज २, २०८०

दृष्टिविहिन युवकसँग भागेर बिहे गरीन् यी युवतीले, निस्वार्थ प्रेम

बिरेन्द्र गिरी आफ्नैमा एक संचारकर्मी पनि हुन्। उनी दाङको रेडियो राप्तीका कार्यक्रम प्रस्तोता हुन्। रेडियोमा प्रसारण हुने बिरेन्द्रका कार्यक्रमहरु सुनेर मोहित भएकी थीइन रिता। बिरेन्द्रलाइ प्रत्यक्ष नदेखेपनि नभेटे पनि उनको आवाजले मोहित बनायो रितालाई , बिरेन्द्रको कार्यक्रम लोक सारथीमा रिताले प्राय फोन गर्थिन् र गीत सुनाउथिन्। एक दिन सोहि कार्यक्रमको बिजेता भईन रिता। बिजेता भएपछी पुरस्कार लिन रेडियोमा जाने मौका पाइन् उनले।

सोहि बेला बिरेन्द्रसंग पहिलो पटक रिताको भेट भयो अनि बिस्तारै त्यो भेट माया प्रेममा परिणत हुदै गयो। खासमा यी युवक बिरेन्द्र गिरी, आँखा देख्दैनन्। अर्थात् शारीरिकरुपमा दृष्टि बिहिन छन् बिरेन्द्र। बिरेन्द्रकि धर्मपत्नी रिता गाहामगर भने शारीरिकरुपमा साङ्ग छिन् अर्थात रिताले सामान्य व्यक्तिले जस्तै प्रष्ट आँखा देख्न सक्छिन्। एक दृष्टि बिहिन व्यक्तिले जीवन साथिकोरुपमा साङ्ग व्यक्ति भेटाउनु सायद असम्भब जस्तै हुन्छ तर भनिछ नि जहाँ माया प्रेमको जोडिन्छ त्यहाँ हरेक चिज सम्भब हुन्छ भनेर हो

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७