
भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेकाे योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ कि’रिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठो’क्किएर मरेको बताइएको छ । उहाँ गएकाे १४ वर्षदेखि गाईको संरक्षण गर्दै आउनुभएको थियो । उहाँ विगत नौ दिनदेखि हिन्दु परम्पराअनुसार मानिसको नि’धन हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बस्नुभएको छ ।
गौ संरक्षण केन्द्रमा अहिले करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको यस केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताउनुभयो । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उहाँको भनाइ छ । आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । उहाँले भन्नुभयो ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् ।
गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु । योगी नरहरिनाथले कोटीहोम गर्नुभएको यस ठाउँमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उहाँका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताउनुभयो ।
हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ ती गाईका दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ उहाँले भन्नुभयो हामीले बागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ । स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्ने उहाँको भनाइ छ। अहिलेसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । ‘गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना,
परालको व्यवस्थापन गर्दै आउनुभएको छ उहाँले भन्नुभयो नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो । केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ । योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।