शनिबार, साउन १२, २०८१

चर्चित समाजसेवी बडिगाड परिवर्तनका सम्बाहक राजन पाईजाको पालिका अध्यक्षमा उमेद्वारी

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका आकाक्षींहरुले उम्मेदवारी दिने क्रम पनि बढिरहेको छ । पश्चिम बाग्लुङको बडिगाड गाउँपालिकामा अझैसम्म यहाँ रहेका दलहरुले केही वडा तहका उम्मेदवारहरुको टुगों लगाएका छन् तर अध्यक्ष पदमा भने कसैको पनि अहिलेसम्म उम्मेदवारी घोषणा भएको छैन् ।बडिगाड गाउँपालिकामा २०७४ सालको निर्वाचनमा ५ वटा वडा सहित अध्यक्ष पदमा नेकपा एमालेले जित हासिल गरेको थियो ।

 

अहिलेको निर्वाचनमा पनि एमालेको तर्फबाट थुप्रै अध्यक्षका आकाक्षीं देखिएका छन् । श्रोतका अनुसार ६ जना एमालेबाट पालिका अध्यक्षमा आकाक्षीं छन् । यसपटकको निर्वाचनमा एमालेबाट युवा उम्मेदवारको चर्चा पनि चलेको छ । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएर लागेका राजन पाईजाले पनि अध्यक्ष पदमा आकाक्षां देखाएका छन्  अघिल्लो पटक ६ सय मतान्तरले जित हासिल गरेको एमालेलाई यतिबेला जित हासिल गर्न गठबन्धनको पासो अगाडी छ ।

 

गठबन्धनलाई परास्त गरेर एक्लै निर्वाचन लड्ने चुनौतीका बाबजुद लोकप्रिय युवा राजन पाईजाले उम्मेदवारी दिने चर्चा चलिरहेको छ । गठबन्धनलाई परास्त गर्ने जोस र जनआकाक्षांलाई नियाल्दा पाईजा एमालेबाट गाउँपालिका अध्यक्षमा अब्बल सावित हुने धेरैको विश्वास छ । कोराना महामारी र अन्य भैपरि तथा विपदमा पाईजाले देखाएको सामाजिक सक्रियताकै कारण यतिबेला उनी तल्लोस्तरको नागरिकसम्म परिचित छन् । उनीहरु पाईजा नै गाउँपालिकाको अध्यक्ष बन्नुपर्ने बताउँछन् ।

गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरी हेलिकप्टर मार्फत अस्पताल पठाउने, कोभिड महामारीमा गरेको सहयोग, बाढी पहिरो लगायतका विपतका बेला देखाएको सक्रियता देखि पछिल्लो समय जिउँदो बाघलाई समाएको भनेर उनी चर्चामा आएका थिए । यी त क्षणिक लोकप्रिय होलान् तर कोरोना महामारीको बेला पाईजाले गरेको सहयोगकै कारण अधिकाशं स्थानीय पाईजालाई अध्यक्षको रुपमा देख्न चाहान्छन् ।

यद्यपी जिल्ला तथा पालिका स्तरका नेता समेतले अध्यक्षमा आकाक्षां देखाउनु स्वाभाविक मानिएपनि पाईजा अध्यक्षको उम्मेदवार बनेमा व्यक्तिगत मत पनि पाउने धेरैको आकलन छ । हाल नेकपा एमाले बागलुङको जिल्ला सचिवालय सदस्य समेत रहेका पाईजा आफु जनताको आधारभूत अधिकार प्रत्याभूत गराउन अध्यक्षमा उम्मेदवारी दिने सोँच बनाएको बताउँछन् । “स्थानीय तह आएपछि थुप्रै विकास निर्माणका कामहरु भएका छन् केही हुँदैछन् पाईजाले भने – बाँकी रहेका जिम्मेवारीहरु पुरा गर्ने र युवा सोँच सहितको नमुना गाउँपालिका बनाउने प्रण सहित आएको छु ।”

तल्लो तहका नागरिकको जीवनस्तर परिवर्तन गर्ने र भौतिक विकासलाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै गाउँपालिकाको समग्र सामाजिक,आर्थिक एवम् संस्थागत विकासका आफुले थुप्रै योजनाहरु बनाएको उनको भनाई छ । “पश्चिम क्षेत्रमै राम्रो अस्पताल नहुँदा कयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ,नागरिकले आधारभूत स्वास्थ्य सेवा सहजै पाउने र कम्तिमा पनि सामान्य रोगका लागि धेरै पैसा खर्चेर बुटबल, पोखरा जानु नपरोस भनेर मैले स्वास्थ्यको क्षेत्रमा पनि धेरै योजनाहरु बनाएको छु,बडिगाड अनलाइनसगंको कुराकानीमा पाइजाले भने ।”

विकासका पूर्वाधारहरु, गाउँपालिकाको दिगो विकास तथा युवा उद्यमशीलता सिर्जना गर्ने र आधारभूत अधिकारहरुको सामान्य नागरिकले पनि प्रत्याभुत गर्न सकुन भनेर आफु अध्यक्षमा आउन चाहेको पाईजाले बताए ।

को हुन् पाईजा ?

बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ मा जन्मिएका राजन पाईजा सामान्य परिवारमा व्यक्ति हुन् । सानै देखि अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउने स्वभावका उनी पछिल्लो समय सामाजिक क्षेत्रमा निकै सक्रिय छन् । कसैको दुःख र पिडा देख्न नसक्ने स्वभावका पाईजाले गाउँमा हुने हरेक विपत्तिमा अग्रपंक्तिमा रहेर काम गर्छन् । केहीले त उनलाई भगवान समेत भन्न रुचाउँछन् ।

कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी कालमै २०५८ साल देखि कम्युनिष्टको आन्दोलनमा लागेका उनी माओवादीबाट राजनीति गर्थे । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी पार्टि एकता भई बनेको नेकपामा समाहित भएपनि पाईजा पुन : पार्टि विभाजन पछि नेकपा एमालेमै रहेर सक्रिय राजनीति गरे । हाल उनी नेकपा एमालेको जिल्ला सचिवालय सदस्य समेत हुन् ।

राजनीतिलाई सेवाको रुपमा लिने पाईजा विभिन्न सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्दै आईरहेका छन् । उनका प्रशसंक गाउँपालिकामा त छन् नै देश विदेशमा समेत उनले आफ्ना प्रकंसक बटुलेका छन् । कोरोना महामारीमा स्वास्थ्यकर्मीसगैं दिन रात खटिएर गरेको कामको प्रशसांका कारण उनी गाउँपालिकाबाट सम्मानित पनि भएका थिए । त्यतिबेला महामारी र सकंटापन्न स्थितिमा गाउपालिकामा उनले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

यसका अलवा उनी एक करातेका खेलाडी र प्रशिक्षक समेत हुन् । नेपाल सितोरियो कराते बल्याक बेल्ट सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल उनी एशियन कोचको रुपमा लाईसेन्स समेत प्राप्त गरेका छन् । बडिगाड गाउपालिका वडा नं ५ खारमा कराते खेलको प्रशिक्षकको रुपमा खेलाडिहरुलाई प्रशिक्षण पनि उनले दिईरहेका छन् ।

उनी बडिगाड डोजोका संस्थापक अध्यक्ष तथा खेलाडि तथा प्रशिक्षक सघ बागलुङको जिल्ला अध्यक्ष हुन् । खेलकुदकै क्रममा उनले जापान,कोरिया,मलेसिया,दुबई,सिगापुर भारत लगायतका देशमा सहभागी भई मेडल जित्न सफल भएका छन् भने वैदेशिक यात्राका क्रममा थुप्रै अनुभव पनि बटुलेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७