शनिबार, साउन १२, २०८१

नेपालकै रियल हिरो, राजन पाइजा ! बाघ देखि गाउले बचाए , दुखि गरिबको एकाएक भगवान बने

बागलुङ जिल्लाको बडिगार्ड गाउँपालिकाका राजन पाइजा अहिले त्यस गाउँका लागि हिरो साबित भएका छन्। कोरोनको समयमा मृ त् यु भएकाहरुको शव व्यवस्थापन देखि कोरोना संक्रमित पी डि त हरुलाई अस्पतालसम्म पुर्याउने कामले उनको उचाइ झनै बढेको रहेछ। उनले सम्पूर्ण कोभिड संक्रमितलाई नाङ्गो हातले अस्पताल लिएर गएका थिए।

त्यसैले अब हुन लागेको स्थानीय चुनावमा राजन पाइजालाई गाउँपालिका वडाध्यक्षमा उठ्न गाउँले ले सुझाव दिएपछि उनी पनि वडाध्यक्षमा उम्मेदवारी दिएका रहेछन्।

राजनको गाउँमा ढुङ्गाले बनाएको एउटा सानो घर रहेछ जुन घरमा प्राय उनका आमा र भाई बस्दा रहेछन्। राजनको बुबा गाउँपालिकाको अध्यक्ष भएका कारण कार्यालय आउनजान सजिलो होस भनेर कार्यालय नजिकै कोठा लिएर बसेका रहेछन् जहाँ राजन र उनकी धर्मपत्नी बस्दा रहेछन्। युवा वर्गले नेतृत्व गर्नु पर्दछ भन्ने जुन राष्ट्रिय आवश्यकता छ भन्ने विचार गरेर राजनीति तथा समाजलाई निस्वार्थ भावनाले समर्पित हुने भएकाले मेरो छोरा राजन पाइजालाई राजनीतिमा ल्याउने चाहना रहेछ यहाँको जनतालाई।

‘राजन पाइजाले गर्ने व्यवहार, सामाजिक सेवा, सहयोग अरु कसैमा अहिलेसम्म देखिएको छैन। मलाई लालसलाम भन्न सिकाउने हरुले अहिले नमस्ते गर्दा पनि फर्काउँदैनन्। राजन भनेको एउटा सामाजिक सहयोगी मान्छे हो। राजन कुनै पार्टीको मान्छे भन्दा पनि सामाजिक मान्छे हो न ऊ काँग्रेस हो न एमाले हो न त माओवादी नै हो भन्ने हामी गाउँले जनताको दृष्टिकोण रहेको छ त्यसैले हामीले राजन लाई जिताउनु पर्छ’ भन्ने स्थानियको भनाइ छ।

राजन पाइजालाई मर्न भनेपछि डर किन नलागेको होला भनेर सोध्दा उनी यसो भन्छन्,’ यो समाजमा भइरहेको कुराहरू सँग म कहीं न कहीँ व्यक्तिगत हिसाबले जोडिएको हुन्छु यसकारणले डर हुने कुरा हरूलाई सामना गर्दै जित्दै अघि बढिरहेको हुन्छु।’ तपाईं कुन पार्टीबाट आफ्नु राजनीति गर्दै हुनुहुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ म नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) एमालेको जिल्ला कमिटीको सचिवालय सदस्य साथै यो गाउँपालिकाको वडा नम्बर पाँचको इन्चार्ज पनि हो।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७