शनिबार, साउन १२, २०८१

कालिकालाई हराउदै चर्च व्याइज सेमिफाइनलमा गोविन्द तिमिल्सिना हेमजा

५ असार , हेमजा युनाइटेडको अयोजनामा भएको ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा आइतवार चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी बिच खेल भएको थियो । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको दोस्रो खेलमा चर्च व्याइज एफसीले कालिका स्पोर्टस् एकेडेमी माथि १–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

चर्च व्याइज एफसीको तर्फबाट जर्सि न. १४ का आसिष चौधरीले १ गोल गरेका थिए । उक्त खेलमा म्यान अफ दि म्याच चर्च व्याइज एफसीको तर्फबाट जर्सि न. १४ का आशिष चौधरीले प्राप्त गरेका छन् । प्रतियोगिताको तेस्रो खेल सोमवार खुमलटार युवा क्लब र बागमती युवा क्लब बिच हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७