शुक्रबार, चैत्र १६, २०८०

अमृता खत्री केस बारे खुसीको खबर ! अन्तत : ज्यान लिएको भनि केस दर्ता भयो

रुपन्देहीको तिलोत्तमामा बुधबार शं’का’स्पद मृत्यु भएकी अमृता खत्री टण्डनको ह’ ‘त्या भएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रेका छन्। २९ वर्षीया अमृताको ह’ ‘त्या भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै जानकीनगरमा आफन्तहरु प्रदर्शनमा उत्रेका हुन्।

अमृतालाई न्याय देउ भन्दै आफन्तले नाराबाजी गरिरहेका छन्। अमृताका छोरा पनि आमाको न्याएको लागि सडकमा उत्रेका छन् । माइती बस्दै आएकी अमृताका पति प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। अमृतालाई परिवारले कु’ट’पि’ट गर्दै आएको र बुधबार वि’ ष से’व’न गर्न लगाएको स्थानीयहरुको दाबी छ।

दोषीलाई कारबाहीको माग गर्दै स्थानीय आमा समूह र टोल विकास समितिले शुक्रबार दिउँसो मृतकका घरबाहिर नाराजुलुस गरेका छन् । त्यसपछि जानकीनगरबाट राजमार्ग हुँदै विरोध र्‍याली निकालेर इलाका प्रहरी कार्यालयमा समेत उनीरूले धर्ना दिएका थिए ।

प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो । त्यस क्रममा मृतककी आमा दाजु र छिमेकी गरी ५ जना घाइते भएको आफन्त सुरज न्यौपानेले बताए । प्रहरीले भने निषेधित क्षेत्रमा नाराजुलुस गरेकाले सामान्य बल प्रयोग गरेर हटाएको बताएको छ ।

प्रहरीले बल प्रयोग गरेर ति’तरबि’त’र पारेपछि अमृताका आफन्तले सिद्धार्थ राजमार्गनजिकै जानकीनगरमा करिब एक घण्टा प्रदर्शन गरे । मृतकका दाजु पुष्पक खत्रीले परिवारले वि’ष से’व’न गराएर बहिनीको ह’ ‘त्या गरेको भन्दै किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि अमृताका पति प्रेम, ससुरा पहलसिंह र सासू दीपालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

मृतकका दाजु पुष्पकका अनुसार अमृता र परिवारबीच राम्रो सम्बन्ध थिएन । पति प्रेमले कु’ट’पि’ट गर्थे भने सासूले पटक-पटक गा’ ‘ली गर्ने र छोरालाई हिं’सा’का लागि उ’क्साउने गरेको पुष्पकले बताए ।

मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले वि’ ‘ष से’व’न गरेको नभई उनका पतिले वि’ ‘ष खु’वा’एको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना र’ह’स्यमयी भएको दाजु पुष्पकले बताए ।

तिलोत्तमा–२ बरपिपलपथकी अमृताको करिब ९ वर्षअघि बिहे भएको थियो । उनका ८ वर्षे छोरा छन् । भारतमा मजदुरी गर्ने प्रेम ५ वर्ष यता तिलोत्तमामा बस्न थालेका थिए । मंगलबार मात्रै अमृतामाथि कु’टपि’ट भएपछि छिमेकीले माइतीपक्षलाई बोलाएका थिए । माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।

बुधबार साँझ अमृता घरपरिवारले भारत जान द’बाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मा’ ‘र्ने योजना बनाएको आशंका रहेको भन्दै माइतीघर गएकी थिइन् । श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी साँझ ७ बजेतिर फर्केको दाजु पुष्पकले बताए । अमृताले नयाँ मिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन् । घरपक्षले बुहारीले जागिर खाएको राम्रो नहुने भन्दै छोड्नसमेत दबाब दिएका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७