
बुटवलको तिलोत्तमा नगरपालिका वार्ड नम्बर दुईमा बस्ने अमृता खत्रीको रहस्यमय मृ’त्यु भएको छ जसमा उनले दाजुलाई मलाई बचाउनु पर्यो भनेर म्यासेज पठाएको तीस मिनेट नबित्दै मृत्*यु भएको थियो। उनको माइती पक्षले अमृताको श्रीमान् प्रेम टन्डन सहितको परिवारलाई हत्या’को आरोप लगाएका छन्।
अमृताको दाईलाई आफ्नु बहिनीको मृ*त्युको बारेमा सोध्द उनी यसो भन्छन्,’ यस्तो मृ*त्यु भनेको निर्मम तरिकाले योजनाबद्ध रूपमा गरिएको हत्*या नै हो। पहिले पनि मेरो बहिनीलाई इण्डिया लगेर यों योजना सफल गराउने सोच थियो यिनी हरुको र त्यो योजना सफल हुन नसकेर बहिनीले म माइत बस्छु भनेर यही बस्न आए पनि पछि उनीहरूले छोराको धम्की’ दिएर उतै घर गएकी थिइन्।
‘ राति बेलुका मेरो बहिनी माइतबाट घर गएकी थिइन् र उनले त्यस दिन राती नै मलाई दाई म यहाँ बस्न सक्दिन मलाई यहाँबाट लैजानु भनेर भनेकी थिइन्। त्यसपछि मैले घरमा सबै सँग सरसल्लाह गर्न खोज्दा खोज्दै ज्वाईले दश बजेर पन्ध्र मिनेटमा अस्पतालबाट बहिनी बिरामी भयो फोन गरेर दाई तपाईको बहिनी बिरामी भयो भनेर बोलायो ।’
‘त्यसपछि हामी हतारिदै अस्पताल पुगेऊ र हतारिदै जाँदा खेरि मेरो बहिनीको सा’स थिएन र मैले ज्वाईलाई के भयो मेरो बहिनीलाई भनेर सोध्दा बहिनी गई माथि भनेर नराम्रो तरिकाले जवाफ दियो जुन त्यो मान्छेले मान्छेकाे मानवता भन्ने चीजबाट नै थाहा पाइन्छ। ‘‘मेरो बहिनी सँग नौ बजेर बत्तीस मिनेटमा संवाद भएको थियो र अस्पातलले उनलाई नौ बजेर पचास मिनेटमा मृत्*यु भएकै घोषणा गरेको थियो ,
अमृताका दाइका अनुसार दाइले अमृतालाई र उनको छोरालाई घरमा पुर्याएर आएको एक घण्टा पनि नबित्दै ज्वाइँले कल गर्दै बहिनी बिरामी भएको र अस्पतालमा लैजानको लागि सहयोग मागेका थिए।त्यसपछि अमृताका दाइ अतालिँदै अमृतालाई अस्पतालमा लैजान भनी गए र उनलाई नजिकैको अस्पतालमा लगेर उपचार गराउने क्रममा अस्पतालका डाक्टरले उनलाई पहिले नै मृ’त्यु भएर ल्याएको भनेर मृ’त सर्टिफिकेट बनाइदिएका थिए।
तर गाउँले दिदीबहिनी तथा आमाहरू यसलाई सुनियोजित घटना भएको भन्दै यतिखेर आन्दोलन गरिरहेका छन्।उनीहरूका अनुसार अमृताले त्यति चाँडै माइतीबाट आउनेबित्तिकै तत्काल त्यत्तिको मृत्युबरण जस्तो निर्णय लिन नसक्ने समेत बताएका छन्।उनीहरूका अनुसार अमृता एउटा सहकारीमा समेत काम गर्दै आइरहेकी थिइन्।
अमृताको न्यायका लागि भन्दै आन्दोलनरत आन्दोलनकारी हरूले यतिबेला घरमा समेत ढुङ्गामुढा गर्दै झ्याल तथा सिसामा तोडफोड गरेका छन्। यता दाइ रुँदै भन्छन्,”बहिनी अमृता तिमी जहाँ भए पनि तिम्रो न्यायका लागि हामी लडिरहनेछौँ।तिमी लाई मा’रिए’को हो,तिमीले बचाउनु दाइ भनेर खबर गर्दागर्दै पनि बचाउन असमर्थ भयौं त्यसको लागि क्षमाप्रार्थी छौँ।
तेस्तै गरेर केहि समय अघि हेटौडाकि सुस्मिता केसी को आफ्नै घरपरिवार मिलेर उनको ह”त्या गरिएको थियो। छोरीको ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्याय को लागि धेरै नै लडी न। र उनले न्याय पनि पाईन । अझै पनि न्यायको लागी लडिरहेकी छिन । आज सुस्मिताको आमा पनि अमृताको घर पुगेकी छिन । भिडियो हेर्नुस –