शनिबार, साउन १२, २०८१

नायक पल शाह कहिले छुट्लान् ? अदालतमा देखिए गायिका देखि दुर्गेश सम्म ! सबैको बयान पलको पक्षमा

भिनेता पल शाहले कर णी गरेको भन्दै गत फागुन १५ गते नवलपरासीस्थित प्र”हरी कार्यालयमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि नवलपरासी जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले आफूमाथि कर णी नभएको र पल शाह निर्दोष रहेको बयान दिएकी हुन् । गत चैत २३ गते जिल्ला अदालत नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै बैशाख ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

तनहुँ जिल्ला अदालतमा बकपत्रको कार्य सकिएपछि शाहलाई बुधवार विहान तनहुँबाट नवलपरासी लगिएको थियो । तनहुँपछि नवलपरासी जिल्ला अदालतमा पनि नाबालिगले बयान फेरेपछि शाह कानुनी रुपमा बलियो बनेका छन् । गत फागुन ११ गते नाबालिगले पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पललाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

नाबालिगको तर्फबाट शाहविरुद्ध प्रहरीमा जाहेरी दिने उनका पिताले समेत मंगलवार तनहुँ जिल्ला अदालतमा बयान हेरेका थिए । अदालतमा बहसको क्रममा सरकारी वकिलहरुले नाबालिगलाई सोधेको प्रश्नमा उनले शाह निर्दोष रहेको र आफूमाथि केही नभएको बताएकी थिइन् । उनले आवेशमा आएर प्रहरीमा कर णी भएको भनी उजुरी दिएको अदालतसमक्ष बताएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन् । आइतवार उनले तनहुँ अदालतमा पनि शाहले आफूलाई कर णी नगरेको बताएकी थिइन् ।

म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेकी थिएँ। पलले मलाई करणी गरेका होइनन्। उनी त मेरा अविभावक हुन्’, बुधबार अदालतमा वकपत्रका क्रममा उनले भनिन्, ‘त्यो रात मेरो कोठामा पल शाह आएका होइनन्। करणी गरेका पनि छैनन्। सबै झुटो हो। हाम्रोबीचमा नराम्रो सम्बन्ध छैन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७