सोमवार, मंसिर १२, २०७९

1 लाख खर्च गरेर धरानको मेयर बने हर्कराज राई , मेयर बनिसके पछिपनि अटोमै हिड्छन्

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् । हर्क साम्पाङले २० हजार ८ सय २१ मतका साथ विजय भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गरेका छन् । उनी नेपाली काँग्रेस पूर्व धरान नगरसभापतिसमेत हुन् ।

त्यस्तै मेयरकै अर्की उम्मेदवार नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् । यसका साथै धरानको उपमेयरमा भने गठबन्धनका उमेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७